• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

    in
    आज: २०८३ भाद्र २०, शनिबार
    होमपेज /  राशिफल

    यस्तो छ वि. सं. २०७७ सालको वार्षिक राशिफल

  • बुटवल दैनिक
  • २०७७ बैशाख १, सोमबार (६ साल अघि)
  • १५०६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • फाईल तस्विर

    प्रस्तुतकर्ता-   ज्यो. चक्रपाणी डुम्रे (शास्त्री)

    फेसबुकमा पछ्याउनुहोस्

    मेष : (चु,चे,चो,ल,लि,लु,ले,लो,अ)

    तपाईंको लागि २०७७ उत्तम नै
    छ । एकसाथ प्राप्त हुने अवसर र चुनौतीको संक्रमणबाट
    केही वस्तु गुमाउनुपरे पनि यो वर्ष विशेष उपलब्धि प्राप्त
    हुनाले जीवनस्तरमा सुधार ल्याउन सफल भइनेछ ।
    वर्षारम्भमा केही खर्च र संघर्ष गर्नुपरे पनि कर्मयोग
    बलियो रहनेछ । बृहस्पतिको अनुकूलताले धर्मकर्म,
    तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ
    । अध्ययनमा अभिरुचि बढ्नुका साथै उल्लेख्य प्रगति हातपार्न
    सफल भइनेछ । प्रतिभाको उच्च मूल्यांकन हुनेछ भने सामाजिक
    रूपमा ख्याति बढ्नेछ । धेरैलाई फाइदा हुने काम सम्पादन गर्दै
    नाम, दाम र इनाम हातपार्ने समय छ । वर्षको मध्यतिरनोकरीमा प्रवेश,
    पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ ।
    व्यापारमा मनग्गे लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ ।
    सवारी तथा चल–अचल सम्पत्ति जोड्ने प्रबल योग
    देखिन्छ । स्वास्थ्येमा पेट सम्बन्ध समस्यले सताउन सक्छ ।
    वर्षको उत्तरार्द्धमा अझ सफलता हासिल हुनेछन् ।
    समग्रमा भदौ ,पुष र फागुन महिना धेरै अनुकूल छ ।

    वृष : (इ,उ,ए,ओ,वा,वि,वू ,वे,बो)

    तपाईंको लागि २०७७ साल उत्तम छ। चिताएको कामले पूर्ण होला ।
    नवौं वृहस्पतिले भाग्यशक्ति बलियो बन्दै जाला । पति पत्निबीचको
    सम्बन्धले दाम्पत्यजीवन सुखद स्थितमा रम्ला ।दाजुभाई दिदीबहिनीको
    सहयोगलेप्रभावशाली बनाउला । नोकरीमासमाजोपयोगी कार्यको
    प्रशंसा सर्वत्र होला । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली
    व्यक्तित्व विकासमा टेवापुर्याउला । अध्ययनमा उच्चता हाँसिल होला ।
    वैदेशिकरोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्ला ।जग्गा जमिनको
    कारोबारले नै होला । वर्षभरि विभिन्न उतारचढावआउनेछन ।
    वर्षको पूर्वार्ध र अन्त्य समयमा बृहस्पतिको अनुकूलताले विभिन्न अवसर
    प्राप्त हुनेछन । केही परिस्थितिसँग सम्झौता गर्नुपरे पनि यस बीचको मिहिनेतले
    दिगो फाइदा दिलाउनेछ । श्रावण २१ गतेदेखि मंसिर १ गतेसम्म अढैया शनि दशा छ ।
    जसले मानसिक असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग
    बिनाकारण टाढिनुपर्ने स्थिति आउन सक्छ अध्ययनमा राम्रो नतिजा हासिल हुनेछ ।
    नोकरीमा प्रवेश,पदोन्नति वा अनुकूल स्थानान्तरण हुने सम्भावना छ ।
    लगनशीलताले विदेश जाने अवसरसमेत दिलाउन सक्छ।
    घरमा मंगलमय कार्य सम्पादन हुनेछ । प्रेम सम्बन्ध वैवाहिक
    बन्धनतर्फ अघि बढ्नेछ । समग्रमा असोज , मंसिर र माघ महिना अझ
    उत्तम रहने छ ।

    मिथुन : (का,कि,कु,घ,ङ,छ,के,को,ह)

    तपाईंको लागी २०७७ सालसामान्य रहेकोे छ । पठन पाठान र व्यवसायमा राम्रो प्रगति हुनेछ
    । धनधान्यको वृद्धि मानसिक प्रसन्नता हुने छ । बिपरित लिङ्गको सहयोग मिल्ने, प्रेम प्रसङ्ग पनि
    अनुकूल नै रहने छ। राज्य क्षेत्र बाट भने त्यति राम्रोछैन । जग्गाजमिन सम्बन्धि कारोबारमा पनि
    झमेला हुन सक्छ । भाग्यले जीवनसाथी जुराउनेछ भने गृहस्थीसुखसागरमा रमाउनेछ। मिहिनेतले
    उत्तम रोजगारी दिलाउन सक्छ । श्रावण २१ गतेसम्म र मंसिर १ गतेपछि अढैया शनि छ। । यात्रामा
    व्यवधान आउनेछ भने वैदेशिक रोजगारीमा पनि समस्या उपस्थित हुनेछ । दीर्घकालीन योजना
    नहुँदा उपलब्धिबिनै समय व्यतीत हुनेछ । असोज पछि स्थितिमा सुधार आउनेछ भने शत्रु परास्त
    हुनुका साथै गुमेको अवसर पुनस् प्राप्त हुनेछ । कृषि तथा पशुपालनमा फाइदा हुनेछ ।
    नोकरीमा प्रवेश तथा पदोन्नति हुने बलियो सम्भावना छ । वर्षान्ततिर अध्ययनले गति
    लिनेछ भने विदेशयात्राको अवसर समेत प्राप्त हुने देखिन्छ ।नोकरीमा पदोन्नति वा अनुकूल
    स्थानान्तरण हुने बलियो सम्भावना छ । विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। बर्षको
    मध्य केहि प्रतिकुल रहेपनी समग्रमा बैशाख ,भदौ , मंसिर र चैत उत्तम छन् ।

    कर्कट : (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

    तपाईंको लागी२०७७ साल आफ्नो पक्षमा रहेको छ । जागीर
    नोकरीमा प्रवेश एवं पदोन्नति हुन । सक्छराजनीतिमा लाग्नेहरूलाई
    विशेष पद प्राप्त हुने सम्भावना छ। भाग्यले घरजग्गा लगायत स्थायी
    सम्पत्ति दिलाउन सक्छ।उद्योगधन्दा र व्यवसायमा विशेष फाइदा हुनेछ ।
    प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुमधुर दाम्पत्य एवं सन्तान सुख प्राप्त
    हुनेछ । विद्यार्थीहरूका लागि वर्षको प्रारम्भ र अन्त्य
    बढी उपलब्धिमूलक रहनेछ । भौतिक साधन जुट्नुका साथै
    कृषिकर्म र चौपायाबाट प्रशस्त लाभ हुनेछ । बर्षको मध्ये तिर फजुल
    खर्च एवं वादविवाद निम्त्याउने र उप्रान्त शीर्षभावमा
    प्रवेश गरी गलत बाटोतर्फ अग्रसर गराउने सम्भावना छ ।
    असोज पछी बृहस्पतिको स्थानान्तरणले कामको दायित्व
    बढाउनेछ ।तर, उच्च महत्वाकांक्षाले प्रश्रय पाउने हुँदा बुद्धि-विवेकले काम लिन
    नसकिएला । शुभचिन्तकहरूले पनि साथ दिन छोड्नेछन् ।
    साझेदारीमा विवाद र पारिवारिक मतभेद देखापर्ने हुँदा
    संयमतापूर्वक काम लिनुपर्नेछ । समग्रमा वैशाख ,जेठ भाद्र, कार्तिक र पुस
    महिनाबढी लाभदायक रहनेछन् ।

    सिंह : (मा,मि,मु,मे,मो,टा,टी,टु,टे)

    तपाईंको लागी२०७७ साल राम्रो छ । यो वर्ष अवसरले दिने उत्साहलाई विविध
    चुनौती र संघर्षमय संक्रमण पार गर्दै खुसीमा रूपान्तरण गर्न सफल भइनेछ ।
    नोकरीमा प्रवेश वा पदोन्नति, व्यापारमा वृद्धि तथा राजनीतिमा आंशिक
    सफलता प्राप्त हुने योग छ। कृषिमा उत्पादन बढ्नेछ भने पशुपालनमा
    पनि फाइदा हुनेछ ।व्यापार व्यवसायले भने जीवनस्तर सुधार्ला ।
    खेती किसानीमा उच्चता । अनावश्यक खर्च नियन्त्रणशिलता बढ्ला ।
    धार्मिक गतिविधिले मानसिक शान्ति स्थिरतातर्फ लैजाला ।
    सवारी लगायत दैवीय दुर्घटनामा न्यूनताको आभास
    मिल्ला । भाग्यशक्ति निकै उर्वर ।बन्दै गएको अनुभूति पाइएला । राजनैतिक
    गतिविधिमा प्रशंसायोग्य कार्यले स्याबासी दिलाउला ।
    नोकरीमा ख्याती बढ्ने कामहरु होलान । समग्रमा
    जेठ ,असार , मङ्सिर र माघ महिना शुभ छन् ।

    कन्या : (टो,प,पि,पु,ष,ण,ठ,पे,पो )

    तपाईंको लागि २०७७ साल
    आफ्नो पक्षमा रहेको छ । एकसाथ प्राप्त हुने अवसर र
    चुनौतीको संक्रमणबाट केही वस्तु गुमाउनुपरे पनि
    यो वर्ष विशेष उपलब्धि प्राप्त हुनाले जीवनस्तरमा सुधार
    ल्याउन सफल भइनेछ । वर्षारम्भमा केही खर्च र संघर्ष गर्नुपरे पनि कर्मयोग
    बलियो रहनेछ । बृहस्पतिको अनुकूलताले धर्मकर्म,तीर्थाटन तथा परोपकारी
    काममा प्रवृत्त भइनेछ। अध्ययनमा अभिरुचि बढ्नुका साथै उल्लेख्य प्रगति
    हातपार्न सफलभइनेछ । प्रतिभाको उच्च मूल्यांकन हुनेछ भने सामाजिक
    रूपमा ख्याति बढ्नेछ । धेरैलाई फाइदा हुने काम सम्पादन गर्दै नाम, दाम र इनाम
    हातपार्ने समय छ । वर्षको मध्यतिर नोकरीमा प्रवेश,
    पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ ।
    व्यापारमा मनग्गे लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ ।
    सवारी तथा चल–अचल सम्पत्ति जोड्ने प्रबल ग्रहयोग
    देखिन्छ । वाणी प्रभावकारी रहनाले
    महत्वपूर्ण व्यक्तित्वको सामिप्यतामा रमाउन पाइएला । आमाबाबु
    लगायत दाजुभाई दिदीबहिनीको सद्भाव प्राप्त
    होला । सन्तानबाट सुख पाइएला । इष्टमित्रबाट सहानुभूतिको अपेक्षा
    गर्न सकिन्छ । भाग्यशक्ति निकै मजबुत रहला । दैवीय दुर्घटनाका विपत्तिहरु
    निराकरण होला । समग्रमा असार , साउन ,पुस र फागुन महिना उत्तम छन् ।

    तुला : ( रा,रि,रू,रे,रो,ता,ती,तु,ते)

    तपाईंको लागि २०७७ साल सामान्य छ । श्रावण २१ गतेसम्म र मंसिर १ गतेपछि
    अढैया शनि दशा छ । जसले मानसिक असंयम व्यवहारले समस्या निम्त्याउनेछ
    भने निकटजनहरूसँग बिनाकारण टाढिनुपर्ने स्थिति आउन सक्छ ।
    यात्रामा व्यवधान आउनेछ भने वैदेशिक रोजगारीमा पनि
    समस्या उपस्थित हुनेछ । अप्ठ्यारो परिस्थितिमा सुनिश्चित कामसमेत
    अवरुद्ध बन्नेछन् भने आफ्नो सम्पत्तिमाथि अरूले अधिकार जमाउन
    सक्छन् । श्रावण २१ देखि स्थितिमा सुधार आउनुका साथै आफन्तहरूको
    सहयोग प्राप्त हुनेछ । वृहस्पतिको अनुकुललाले
    बौध्दिकस्तर उच्चतहको रहनाले पढाईलेखाई तथा परीक्षा
    प्रतियोगिताहरु सफल होलान । राजनीतिले योग्यताको वृध्दि
    गर्ला । नोकरीबाट प्रशंसायोग्य कार्यको चर्चा होला ।
    सन्तानहरु आग्याकारी होलान्
    पतिपत्नीबीच सौहार्दपूर्ण व्यवहारले दाम्पत्य
    जीवन सुखद बन्ला । बर्षको उत्तरार्ध अनुकुल नै रहने
    देखिन्छ । साधारण तया श्रावण ,भाद्र, माघ र चैत महिना शुभ रहेको
    छ ।

    वृश्चिक : (तो,ना,नि,नु,ने,नो,या,यी,यु)

    तपाईंको लागि २०७७ सामान्य छ ।
    श्रावण २१ गतेदेखि मंसिर १ गतेसम्म साढेसाति शनिको प्रभावले सामान्य
    अनिष्ठताको प्रवलता रहे पनि अन्य ग्रहको अनुकूलताले यस वर्ष सामान्य
    प्रकारले गुज्रिएला । भाग्यशक्ति कमजोर देखिनाले कमजोर
    मनोवाञ्छितकार्यमा विलम्वता आउला । मंसिर पछि
    व्यवसायतर्फ उतारचढाव आए पनि दिगो फाइदा हुने काम प्रारम्भ
    हुनेछ। कीर्तिमानी काम गर्दै नाम, दाम र इनाम
    हातपार्ने समय छ । अध्ययनले नयाँ गति लिनेछ भने व्यावहारिक
    ज्ञानको उचाइमा वृद्धि हुनेछ। पढाइ तथा रोजगारीका
    सिलसिलामा देश– विदेश घुम्ने अवसर जुर्न सक्छ । भाग्यले मन
    मिल्ने प्रेमपात्र जुराउनुका साथै यो वर्ष लगनगाँठोसमेत कसिने बलियो
    सम्भावना देखिन्छ । गृहस्थी सुखद् र आनन्दमय रहनेछ । धर्मकर्म,
    तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ
    । वर्षको उत्तरार्धमा सन्तानसुखको योग रहेको छ । आमाबाबुको
    आशिर्वाद पर्याप्त रहला । सन्तान आग्याकारी बन्लान ।
    इष्टमित्र पनि सहयोगी देखिएलान । पतिपत्नीमा
    प्रेमयुक्त वातावरणले दाम्पत्य जीवन सुखी
    होला । बौद्धिकस्तरको उच्चताले पठनपाठनसहित प्रतियोगिताहरु
    सफल बनाउला । कृषिको कामबाट फाइदा नै होला ।
    समग्रमा वैशाख , जेठ , भदौ र पुस महिना अझ शुभ रहने छन् ।

    धनु : ( ये,यो,भा,भि,भु,धा,फा,ढा,भे )

    तपाईंको लागि २०७७
    साल मध्यम छ । वर्ष भरि शनिको मध्य र अन्त्य साँढेसाती
    दशाले नराम्रो अवस्था देखिए पनि अन्य समयमा भने सुखद फलको
    अपेक्षा गर्न सकिन्छ । वाणी प्रभावशाली बन्न नसक्दा समस्या उत्पन्न होल ।
    ईर्ष्या गर्नेहरूले चर्को आलोचना गर्नेछन् । चिताएको काममा अवरोध
    आउन सक्छ । ठूला अधिकारीसँगको विवादले
    नोकरीमा असहज अवस्था आउने सम्भावना छ । झुटा
    आरोप, काममा विलम्ब, आर्थिक कठिनाइ र मानहानिको योग भएकाले
    होसियार रहनुहोला । अत्यधिक खर्च लागे पनि प्रयत्न गर्दा
    देशविदेशको यात्रा गर्ने अवसर प्राप्त हुने देखिन्छ । अध्ययनमा
    सुरुमा समय दिन नसकिए पनि वर्षान्तमा राम्रै प्रगति हुनेछ। परिस्थिति
    अनुकूल बन्नाले वर्षान्ततिर पहिले रोकिएका कामहरू पनि सम्पादन
    हुनेछन् । समग्रमा वैशाख, भदौ, असोज र फागुन महिनामा
    गरेका प्रयासहरू सफल हुनेछन् ।

    मकर : (भो,जा,जि,खि,खु,खे,खो,गा,गि)

    तपाईंको लागि २०७७ साल
    मध्यम छ । वर्षभरि आद्य र मध्य साढेसाती शनि रहने
    हुँदा फजुल खर्च बढ्नुका साथै कर्मयोगमा अवरोध आउने देखिन्छ ।
    झुटा आरोप, काममा विलम्ब, आर्थिक कठिनाइ र मानहानिको योग
    भएकाले होसियार रहनुहोला । खर्च बढेपनि प्रयत्न गर्दा
    देशविदेशको यात्रा गर्ने अवसर प्राप्त हुने देखिन्छ ।
    अध्ययनमा सुरुमा समय दिन नसकिए पनि वर्षान्तमा राम्रै प्रगति
    हुनेछ । परिस्थिति अनुकूल बन्नाले वर्षान्ततिर पहिले रोकिएका
    कामहरू पनि सम्पादन हुनेछन् । वर्षको उत्तरार्द्धमा
    गरेका प्रयासहरू सकारात्मक रहनेछन् । विधिपूर्वक शनिदेवको
    शान्ति गर्दा वर्षभरि देखापर्ने प्रतिकूलताबाट बच्न सकिनेछ ।
    शनिबार पीपलमा जल चढाउनाले र लक्ष्मीनारायणको उपासना
    साढेसातीजन्य दोष शान्त भई लाभ मिल्नेछ ।
    समग्रमा असार , कार्तिक र मंसिर महिना उत्तम छन् ।

    कुम्भ: (गु,गे,गो,सा,सि,सु,से,सो,द)

    तपाईंको लागि २०७७ साल उत्तम
    रहेको छ । अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले
    महत्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ । तारिफयोग्य
    काम सम्पादन गर्नाले थप अवसर प्राप्त हुनेछन् ।
    प्रेमको गाँठो कसिनुका साथै वैवाहिक बन्धनमा बाँधिने साइत जुर्न सक्छ
    । समाजसेवा एवं परोपकारी काममा मन जानेछ । श्रावण २१ गतेसम्म
    र मंसिर १ गतेपछि आद्य साढेसाती हुँदा फजुल खर्च बढ्नुका साथै
    कर्मयोगमा अवरोध आउने देखिन्छ । आमाबाबुको र इष्टमित्रको
    सद्भाव प्रयाप्त रुपमा नपाइएला । राजनीतिले समाजमा तिरस्कारको
    वातावरण निम्त्याउला । नचाहिदो खर्च कटौतीमा सक्षमता बढ्ला । बौद्धिकता
    सुधारोन्मुक अवस्थाम जानाले परीक्षा प्रतियोगिताहरु सफल
    बन्दै जाला । व्यापार व्यवसायबाट आन्दानी मनग्ये होला ।
    पशु पंक्षिपालनबाट पनि उन्नतिमार्ग विस्तार होला । जग्गाजमिन
    सम्बन्धि कार्यबाट फाइदा नै होला । धार्मिक गतिविधिले मानसिक
    शान्ति स्थिरतातर्फ लैजाला । समग्रमा साउन , मंसिर र पुस महिना शुभ छन् ।

    मीन : (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)

    तपाईंको लागि २०७७ साल राम्रो छ । नोकरीमा प्रवेश वा पदोन्नति,
    व्यापारमा वृद्धितथा राजनीतिमा आंशिक सफलता प्राप्त हुने योग छ ।
    कृषिमा उत्पादन बढ्नेछ भने पशुपालनमा पनि फाइदा हुनेछ ।
    व्यवसायतर्फ उतारचढाव आए पनि दिगो फाइदा हुने काम प्रारम्भ
    हुनेछ । कीर्तिमानी काम गर्दै नाम, दाम र इनाम
    हातपार्ने समय छ । अध्ययनले नयाँ गति लिनेछ भने व्यावहारिक
    ज्ञानको उचाइमा वृद्धि हुनेछ । पढाइ तथा रोजगारीका
    सिलसिलामा देश–विदेश घुम्ने अवसर जुर्न सक्छ । भाग्यले मन
    मिल्ने प्रेमपात्र जुराउनुका साथै यो वर्ष लगनगाँठोसमेत कसिने बलियो
    सम्भावना देखिन्छ । गृहस्थी सुखद् र आनन्दमय रहनेछ । धर्मकर्म,
    तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ
    । वर्षको उत्तरार्धमा सन्तानसुखको योग रहेको छ । स्वास्थ्यमा
    टाउको तथा नसा-जोर्नीमा समस्या देखापर्ने सम्भावना छ ।
    यद्यपि आर्थिक हिसाबले असार , भदौ ,पुस र माघ महिना शुभ छन् ।

    (लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् )

    • #वार्षिक राशिफल
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    राशिफल सम्बन्धि थप

    आजको राशिफल हेर्नुुुुुहोस्..२०७७ मंसिर २१ गते

    आजको राशिफल…२०७७ मंसिर १९ गते

    आजको राशिफल-२०७७ मंसिर ११ गते, बिहीवार

    हलेसी महादेबको दर्शन गरी, आज २०७७ साल मंसिर १० गते  बुधबारको राशिफल हेर्ननुहोस

    पाथिभरा माताको दर्शन गरी मंसिर ८ गते सोमबारको राशिफल हेर्नुहोस्

    आज २०७७ मंसिर ७ गते आइतबारको राशिफल

    समाचार

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑