मदाने,गुल्मी २८ चैत।
विश्वव्यापी संकटमा रहेको कोरोना भाइरस कोभिड १९ बारे जनचेतना जगाउन जनचेतना अभियान संचालन गरिएको छ। द सनराईज युवा क्लब र स्थानिय स्वमसेविकाद्वारा जनचेतना गरिएको हो ।
स्थानीय स्तरमा कोरोना भाइरस कोभिड १९ को सचेतना निकै न्यून रहेकोले जनचेतना अभियान संचालन गरिएको क्लबका अध्यक्ष महेन्द्र जि सि ले जानकारी दिनुभयो । मदाने गाउँपालिका वडा न.१ अग्लुङ्गमा कोरोना भाइरसबारे जानकारी अत्यधिक कम भएकाले केही हदसम्म जनचेतना फैलाउने उदेश्यले स्थानीय सरकारसँगको समन्वयमा जनचेतना जगाइएको बताइएको छ।
नेपाल सरकारले स्वास्थ्य स्वमसेविका लगायतका व्यक्तिहरुलाई कोरोना विरुद्ध खटाइए पनि मदाने गाउँपालिकाले अौपचारिक रुपमा नखटाएको अवस्था छ । यस्तो अवस्थामा स्वमसेविका पनि खटिनुपर्छ स्थानिय सरकारले अौपचारिक जानकारी नदिएपनि हामी खटिएको स्वमसेविका हुमा चन्दले जानकारी दिनुभयो । आज वडा न. १ को अग्लुङ्ग ओख्लेदहमा संचालन गरिएको जनचेतना अभियानमा माइकिङ गर्दै घरघरमा पुगी थप जानकारी, सल्लाह,सुझाव दिइएको बताइएको छ।