चैत्र २८
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसका कारण अहिले देश लकडाउनमा छ ।लकडाउनको समयमा पनि लकडाउनको पुर्ण रुपमा पालना नभएको भन्दै रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न: ३,४ मा लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरिएको छ।
शुक्रवार गाउँपालिका प्रवक्ता एंव वडा न:४ का वडाअध्यक्ष राजेन्द्र कँडेलको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण तथा समन्वय समितिको बैठकले वडा न: ३,४ मा रहेका बजार,टोल र विभिन्न ठाउमा लकडाउनको पुर्ण पालना गर्नका लागि प्रहरी प्रशासनसङ्ग समन्वय गरि टोल विकास सस्थालाई थप सक्रिय बनाइ अति आवश्यक ब्यक्तिलाइ बाहेक अन्य ब्यक्तिलाई बाहिर जानबाट रोक्ने निर्णय गरिएको छ ।
यस्तै शुद्धोधन गाउँपालिका वडा न:३ मा अवस्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाइनबाट १३ जनालाई १४ दिनसम्म क्वारेन्टाइनमा राखी केही समस्या नदेखिएपछि घर पठाइएको छ भने अहिले शुद्धोधन गाउँपालिका वडा न ७ का १ जना मात्र क्वारेन्टाइनमा छन ।उनको स्वास्थ्य अवस्था सामान्य रहेको र कोरोनासङ्ग मिल्दोजुल्दो कुनै लक्षण देखा नपरेको डा.इश्वर घिमिरेले जानकारी दिनुभयो।