बुटवल-सर्वप्रथम चिनको वुहान प्रान्तमा देखापरेको कोरोना भाइरसले यतिबेला विश्व नै हल्लाइरहेको छ। प्रथम विश्व युद्द, दोस्रो विश्व युद्ध जस्ता आपतकालीन अवस्थापछिको ठूलो महामारीका रुपमा यस कोरोना भाइरसको महामारीलाई लिइएको छ। वर्तमान समयमा दैनिकी हजारौंको संख्यामा मृत्यु भैरहेका छन। यहि गतिमा जाने हो भने विश्वमा लाखौंको मृत्युु हुन धेरै दिन नलाग्ने अवस्था छ। विश्वमा कोरोना देखा परेको ३ महिना पुगिरहदाँ मानिसहरुमा धेरै त्रास फैलिरहेको छ। यो लेख तयार पारिरहदा विश्वभर ९० हजार भन्दा बढीको मृत्युु र १५ लाख भन्दा बढी संक्रमित र ३ लाख भन्दा बढी निको भएको तथ्यांक छ। सबैभन्दा बढी इटालीमा १७ हजार भन्दा बढीको मृत्यु भएको छ भने अमेरिकामा २ लाख ७७ हजार भन्दा संक्रमित पुगेका छन। नेपालमा पनि संक्रमित संख्या ९ पुगेको छ भने १ जनालाई निको भैसकेको अवस्था छ।
विश्वमा लाखौंको संख्यामा कोरोनाको देखा पर्ने तथा हजारौंको मृत्युु पश्चात् नेपालमा पनि प्रवेश गर्ने संभावना अति नै थियो। नेपालको छिमेकी देश चिनबाट सुरु भएको कोरोना भाइरसको कारण नेपालमा अहिले सम्म मृत्युु नहुनु सकारात्मक पक्ष हो भने यहाँका जनताले कोरोना भाइरसलाइ लिएर हेलचेक्राइ, व्यङ्ग्य तथा ट्रोल बनाउनु अनि सरकारलाई सहयोग नगर्नु लाजमर्दो कुरा हो ।
नेपालमा सर्वप्रथम एक युवा लाई कोरोना लागेर सन्चो भई घर पठाई सकिएको थियो। त्यसैले कोरोना भाइरसको संभावित जोखिम न्युनिकरण गर्न र नेपालमा प्रवेश नहोस् भनि सरकारले केही कदम चालेको देखिन्छ । यसलगतै सरकारले विभिन्न अत्यावश्यक बाहेकका सबै उद्योगधन्दा,विद्यालय तथा पसलहरु बन्द गर्ने तयारीमा लाग्यो । चैत ६ गतेदेखि सम्पूर्ण विद्यालयहरु १ महिनाका लागि बन्द गर्यो। त्यसैगरी चैत ७ देखि सुरु हुँदै गरेको एसईई परिक्षा ढिलै भए पनि स्थगन गर्यो जसलाई कसैले सकारात्मक रुपमा त कसैले नकारात्मक रुपमा आलोचना गरे।
नेपालमा कोरोना प्रवेश गर्दैगर्दा उपचार गर्न तथा बिरामी जनताको स्वास्थ्यमा ध्यान पुर्याउन हम्मेहम्मे पर्ने अवस्था छ। जसले गर्दा चैत १० गतेबाट देशभरका सम्पुर्ण उद्योगधन्दा,पसल,सार्वजनिक यातायात,हवाई जहाज,संघसंस्था, निकाय लगायत बन्द गर्ने सुचना जारी गरेको थियोे । यसैगरी चैत ११ गतेबाट देशभर लकडाउनको घोषणा गरियो। लकडाउन के हो ? कसरी गरिन्छ ? जस्ता कुराको अनविज्ञताको कारण जारि गरेको सुचनालाई उलङ्घन गर्दै जनताहरु सडक तथा बाटोहरुमा देखा परे। अत्यावश्यकबाहेक कुनै पनि जनता सडकमा नआउन, बाहिर ननिस्कने, कसैसँग लसपस नगर्ने, मास्क लगाउने लगायतका यावद कुराहरु गर्न सरकारले आग्रह गरिरहदा धेरै बाट सहयोग मिलेता पनि कुनैबाट सहयोग नमिलैकै कारण दैनिक रुपमा प्रहरीले कारबाही पनि गरिरहेको छ।
चैत १० गते जापान बाट आएकी युवतीमाथि कोरोना लागेको पुष्टि गरिएको थियो। त्यसैगरि तेस्रो, चौथो, पाचौं, छैठौं, सातौं, आठौं र नवौं गर्दा गर्दै कोरोनाको संक्रमित हुने संख्या ९ पुगेको छ। यी सबै विदेश बाट आएका छन भने १ जना लाई दोस्रो चरणमा प्रवेश गरेर यहि नेपालमै सरेको हो। लकडाउन घोषणा गर्नु पुर्व नै कोरोना नेपाल प्रवेश गरिसकेको थियो जसले गर्दा नेपाल पनि उच्च जोखिममा छ। जसको नियन्त्रणको लागि विभिन्न ठाउँहरुमा कोरोना विशेष अस्थायी अस्पतालहरुको स्थापना गरिएको छ । विदेशबाट आएका,भारतबाट आएका कोरोना संभावित व्यक्तिहरुलाई क्वारेन्टाइन स्थापना गरि १४ दिन राख्ने काम सबै स्थानीय तहहरुमा भैरहेको छ। जसले गर्दा कोरोना संक्रमित व्यक्तिहरु पहिचान गर्न सहज भैरहेको अवस्था छ ।
लगडाउनको समय घरमै बसिरहदा जनताहरु दिक्क छन तर बस्न पर्ने बाध्यतामा छन। लगडाउन सरकारलाई मात्र नभई स्वम व्यक्ति र जनताको जिवनलाई सुरक्षित गराउन घोषणा गरिएको आम जनताले बुझ्नुपर्छ । कोरोना भाइरसबाट बच्ने सबैभन्दा राम्रो उपाय लगडाउन नै हो त्यसैले चैत ११ गते देखि चैत १८ सम्म घोषणा गरिएको लगडाउन ८ दिन थप गरियो यति मात्र नपुगेर सरकारले बैशाख ३ सम्म लगडाउन घोषणा गरेको छ।
लगडाउनको समयमा घरमै बस्नु उचित हुन्छ। लगडाउनलाई सकारात्मक रुपमा हेरिरहदा यसलाई एउटा अवसरका रुपमा पनि लिन सकिन्छ । घरमै बसेर आफुलाई मनपर्ने काम गर्न सकिन्छ। मिठा खानेकुरा बनाउने,खाने, नयाँनयाँ फिल्म हेर्ने, सिर्जनात्मक काम गर्ने, नयाँ पुस्तकहरु पढ्ने, गेम खेल्ने जस्ता काम गर्न सकिन्छ। मेरो व्यक्तिगत रुपमा हेर्ने हो भने म पनि रिपोर्टिङको लागि फिल्ड मा गएको छैन, घरमै बसि सम्बन्धित निकाय,व्यक्ति हरु,वडाअध्यक्ष, गाउपालिका, नगरपालिका अध्यक्ष, मेयर लगायतलाई फोन गरि डाटा संकलन तथा रिपोर्टिङ गरेको अवस्था छ। यसका अलवा विहानै उठेर व्यायाम गर्ने, घाम ताप्ने जस्ता कार्य गरि लगडाउन सफल पार्न सहयोग गर्न सकिन्छ।
लगडाउनका कारण भारतबाट नेपाल आउन चाहाने नेपालीहरुको नाकाहरुमा आन्दोलनलाई समाधान गर्न पहल गरृको छ। उनिहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेको नेपाल प्रवेश गराउनु राम्रो पक्ष हो। सरकारले लगडाउनलाई नै प्रथमिकतामा राखेर हुदैन। सबै पक्षलाई समान रुपमा हेरि काम गरियोस्। यो समयमा मौलाइरहेको कालोबजारीलाई नियन्त्रण गर्न आवश्यक छ। दिनभरी मजदुर गरि जीवन निर्वाह गर्ने गरिब विपन्न घर परिवारलाई राहात वितरण गर्नु आवश्यक देखिन्छ। जनतालाई अत्यावश्यक सामान खाद्यान्न, दूध, तेल, खानेकुरा, सागसब्वी उपलब्ध गराउने जस्ता कुरा ध्यान पुर्याउन आवश्यक छ।