मदाने,गुल्मी २६ चैत।
मदाने गाउँपालिका वडा न. ३ सिर्सेनिका अतिविपन्न घरपरिवारलाई राहात वितरण गरिएको छ । गरिब तथा अतिविपन्न १ सय १४ घरपरिवारलाई राहात वितरण गरिएको हो।
सोमबार सिर्सेनीका विभिन्न ठाउँहरुमा पुगी राहात वितरण गरिएको छ । मदाने गाउपालिकाको निर्णयअनुसार प्रत्येक घरपरिवारलाई ३० केजि चामल,२ केजि दाल, २ केजि नुन,२ केजि चिनि, २ पोका तेल, ४ वटा साबुन लगायतका राहात सामाग्री वितरण गरिएको वडा अध्यक्ष नारायण घर्तिले जानकारी दिनुभएको छ।
विश्वव्यापी संकटमा रहेको कोरोना भाइरस कोभिड १९ को नियन्त्रण गर्नका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम गरिएको गाउँपालिका उपाध्यक्ष सरिता खड्काले जानकारी दिनुभयो। गाउँपालिकाको बैठक अनुसार राष्ट्रिय मापदण्डका राहात सामाग्री यस गाउँपालिकामा पनि वितरण गर्न सुरु गरिएको उहाँले बताउनभयो। यसरी मदाने गाउँपालिकामा दैनिक काम गर्दै जीवन निर्वाह गर्दै आएका अतिविपन्न घरपरिवारलाई वितरण गरिने छ । प्रत्येक वडाहरुमा तत्कालै वितरण कार्य संचालन गरिने उहाँले जानकारी दिनुभयो ।