विवश विष्ट गुल्मी,२१ चैत।
सरगम सञ्जाल युवा क्लबको नवौं वार्षिकोत्सब कार्यक्रम स्थगित गरिएको छ। विगत एक दशकदेखि निरन्तर रुपमा नयाँ बर्षमा गरिने कार्यक्रम अन्तर्गत यस बर्षको कार्यक्रम स्थगित गरिएको हो।
विश्वव्यापी संकटमा रहेको कोरोना भाइरसको कारण सरकारले कुनैपनि कार्यक्रम,भेटघाट,सेमिनार तथा भेला हुने कुनै पनि काम नगर्न आग्रह गरेसँगै देशभर लकडाउनरको घोषणा लम्बिदै गर्दा यो कार्यक्रम पनि स्थगित गरिएको क्लबका अध्यक्ष सुमन खत्रीले जानकारी दिएका छन।उनी भन्छन,” कोरोनाको त्रास छदै छ त्यसमाथि लकडाउनको घोषणा गरिएको छ, यस्तो अवस्था कार्यक्रम गर्न नसकिने भएकाोले सम्पुर्ण क्लबलाई यो स्थानसम्म पुर्याउन सहयोग गर्ने सहयोगी मनहरुमा लगायत सम्पुर्ण स्थानिय जनतामाझ जानकारी दिन चाहान्छु। कोरोनाको त्रास सकिएसँगै लकडाउन रोकिएपछि क्यालेन्डर विमोचन तथा प्रतिक्षालयको उद्घाटन कार्यक्रम गरिनेछ।”
विश्वभर संकटमा रहेको कोभिड १९ को कारण विश्वमा हजारौंको मृत्युु भएको छ। यो रोग नेपालमा पनि देखा परेकोले सम्पुर्ण नेपालीमा सावधान, संयमित तथा सतर्कता अपनाउन पनि क्लबले आग्रह गरेको छ।