कोहलपुर नगरपालिका–११ मा रहेको होटल अतिथि अगाडि एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको निधन भएको छ । निधन हुनेमा मोटरसाइकलमा सवार कालीकोटको नरहरिनाथ गाउँपालिकाकी २३ वर्षीया शोभा भट्ट रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे१च ८२४ नंको एम्बुलेन्स र से५प ४८४ नंको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । मोटरसाइकल चालक नरहरिनाथ गाउँपालिकाका द्वन्द्वविक्रम विष्ट गम्भीर घाइते रहेको कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो । एम्बुलेन्स चालक बारबर्दिया नगरपालिका–६ का रामबहादुर थारू भने सामान्य घाइते भएका छन् ।
साथै हाल बिश्व्भर महामारीका रुपमा फैलिएको कोरोनाका भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कार्यालय आउने सिलसिलामा भएको निधनले हाम्रो गाउँपालिकालाइ अपुरणिय क्षति भएको छ । उँहाको असामैक निधनमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना ।
त्यस्तै सुनसरी सदरमुकाम इनरुवा–६ घोपाली टोलमा एम्बुलेन्सको ठक्करबाट एकको निधन भएको छ ।निधन हुनेमा इनरुवा–६ मधेशाकी ३५ वर्षीया रत्ना श्रेष्ठ रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताउनुभयो ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोपाली टोलमा को १ च ९६०५ नं को एम्बुलेन्सले को १६ प २०६४ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार श्रेष्ठको ज्यान गएको प्रहरी नायव उपरीक्षक शर्माले बताउनुभयो । मृतक श्रेष्ठ मधेशा स्वास्थ्य चौकीमा कार्यरत रहेको बताइएको छ । ठक्कर दिने एम्बुलेन्स र चालक मोरङ सुन्दरहरैचाका ४० वर्षीय चन्द्र राई प्रहरी नियन्त्रणमा रहेका छन् ।
उनको निधन पछि गाउँ पालिकाले बिज्ञप्ति निकालेर उनको निधन भएको दुखद व्यक्त गरेको छ ।