• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ फागुन १२, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी

      ४५ मिनेट अघि

      अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ

      ५५ मिनेट अघि

      प्रधानमन्त्रीद्वारा निर्वाचन सम्बन्धि सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन

      १ घण्टा अघि

      पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

      १ घण्टा अघि

      के हो ‘शिवांश : च्याप्टर १’ को मुख्य कथा ?अग्रिम टिकट बुकिङ खुला

      १ घण्टा अघि

      रुपन्देही–३ मा तारा चिन्हका उम्मेदवार फैज अहमद खाँ: सामाजिक सेवाबाट संसदसम्मको यात्रा

      ५ घण्टा अघि

      मतदाता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

      ५ घण्टा अघि

      जनता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

      ३ दिन अघि

      संघर्षबाट उभिएको नेतृत्व : सुदर्शन बराल को हुन ?

      २ हफ्ता अघि

      धार्मिक–सांस्कृतिक पर्यटनमार्फत बुटवललाई पर्यटकीय नगर बनाउछु : बिश्वदिप

      २ हफ्ता अघि

      नेपाली काङ्ग्रेस लुम्बिनी : बदलियो कांग्रेस बदल्छौं देश

      २ हफ्ता अघि

      समतामूलक समाज निर्माण मेरो जिम्मेवारी हो : बिश्वदिप

      ३ हफ्ता अघि

      नेकपा रुपन्देही–२ महिला परिचालन समितिको भेला महिला सक्रियताले चुनावी जित सम्भव छ

      ३ हफ्ता अघि

      रुपन्देही–२ मा विश्वदीपको घरदैलो अभियान सुरु, मतदातामा उत्साह

      ३ हफ्ता अघि

      युवा–राजनीतिक संवादः जेन–जी आन्दोलनदेखि समावेशी नेतृत्वसम्म

      ३ हफ्ता अघि
    in
    आज: २०८२ फागुन १२, मंगलबार
    होमपेज / निर्वाचन अपडेट

    मतदाता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

  • बुटवल दैनिक
  • २०८२ फागुन १२, मंगलबार (५ घण्टा अघि)
  • ६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    रुपन्देही-रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’को घरदैलो कार्यक्रम शुक्रबार पनि तिलोत्तमा नगरपालिकाका विभिन्न वस्तीमा गरिएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार पाण्डेसहितका नेता–कार्यकर्ताले तिलोत्तमाको वडा नम्बर ५ का प्रेमनगर, टिकानगर, शान्ति मावि चोक , नयाँमिल लगायतका क्षेत्रमा मतदाताको घर–घरमा पुगेर तारा चिन्हमा भोट मागेका छन । उनीहरुले झण्डा, माईक, ब्यानर र प्रतिवद्धतापत्रसहित घर–घर र टोल–टोलमा पुगेर स्थानीय मतदातासँग मत मागेका हुन ।

    फेसबुकमा पछ्याउनुहोस्

    मतदातासँगको भेटघाटमा उम्मेदवार पाण्डेले जनताको पक्षमा काम गर्न नसक्नेले निर्वाचनका बेलामा अनेक लोभलालच देखाँउदै घरदैलोमा आउने गरेकाले सचेत रहन आग्रह गर्नुभयो । उहाँले आफ्नो अमूल्य मतले पाँच वर्षको लागि भाग्य र भविष्यको फैसला गर्ने भएकाले निकै संयमित र विचार पुर्याएर मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभयो ।

    अहिले हुँदै गरेको निर्वाचन नियमित नभएर जेनजी आन्दोलनले निम्त्याएको विशिष्ट परिस्थितिको निर्वाचन भएकाले उक्त आन्दोलनको मर्म बुझेर मतदानमा सहभागी हुन उहाँले सबैमा अपील गर्नुभयो ।प्रचारप्रसारमा सहभागी भएका उम्मेदवार र नेता कार्यकर्तालाई मतदाताले विभिन्न जिज्ञासा राख्दै निर्वाचनमा विजयी पश्चात जनताका पीरमर्का नभुल्न अनुरोध गरेका थिए ।

    सो क्रममा जनताका जिज्ञासा मेटाउँदै उम्मेदवार पाण्डेले आफू जीत हारको जुनसुकै परिणाम आए पनि आगामी दिनमा जनताका समस्या सुल्झाउन सधै लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । घरदैलोका क्रममा जनताको उत्साह, सल्लाह र सुझावले आफ्नो विजयी यात्रा सुनिश्चित हुँदै गएको भन्दै उहाँले कुनै ऐजण्डा बिना र आश्वासनका पोका बोकेर आएका उम्मेदवारलाई चिनेर आफ्नो अमूल्य मत प्रयोग गर्न मतदातासंग आग्रह गर्नुभयो ।

    मतदातासँगको भेटमा उम्मेदवार पाण्डेले निर्वाचन सम्पन्न भएपछिका दिनमा जनपक्षीय काम गर्ने सवालमा कुनै शंका नगर्न आग्रह गर्दै त्यसको परिणाम निर्वाचनपछि देखिने बताउनुभयो। निर्वाचन परिचालन समितिका संयोजक नारायण जी सी ‘निर्मल’ का अनुसार निर्वाचन आयोगको आचारसंहिताभित्र रहेर उम्मेदवारसहितको घरदैलो नियमित हुनेछ ।

    उम्मेदवार पाण्डेले रुपन्देही क्षेत्र नम्बर २ का बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बरसम्मका वडा, तिलोत्तमा नगरपालिकाका १ देखि ६ नम्बरसम्मका वडा र सैनामैना नगरपालिकाका १ देखि ४ नम्बरसम्मका वडामा समय मिलाएर नियमित घरदैलो गर्दै आएका छन ।

    परिचालन समितिका संयोजक जीसीका अनुसार प्रत्येक दिन हरेक वडा र टोलमा उम्मेदवार नपुगे पनि घरदैलो अभियान जारी रहने छ । त्यस क्रममा स्थानीयसँग अन्तरक्रिया, छलफल गर्दै आफ्नो उम्मेदवारलाई मत दिनुपर्ने कारणबारे जानकारी गराइने संयोजक जीसीले बताउनुभयो ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    निर्वाचन अपडेट सम्बन्धि थप

    पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी

    अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ

    प्रधानमन्त्रीद्वारा निर्वाचन सम्बन्धि सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन

    पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

    के हो ‘शिवांश : च्याप्टर १’ को मुख्य कथा ?अग्रिम टिकट बुकिङ खुला

    रुपन्देही–३ मा तारा चिन्हका उम्मेदवार फैज अहमद खाँ: सामाजिक सेवाबाट संसदसम्मको यात्रा

    समाचार

    पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी

    अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ

    प्रधानमन्त्रीद्वारा निर्वाचन सम्बन्धि सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन

    पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

    बुटवल दैनिक बिशेष

    मतदाता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

    समतामूलक समाज निर्माण मेरो जिम्मेवारी हो : बिश्वदिप

    नेकपा रुपन्देही–२ महिला परिचालन समितिको भेला महिला सक्रियताले चुनावी जित सम्भव छ

    रुपन्देही २ मा नेकपाको ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik - बुटवल दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑