• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ फागुन १२, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी

      ३ घण्टा अघि

      अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ

      ३ घण्टा अघि

      प्रधानमन्त्रीद्वारा निर्वाचन सम्बन्धि सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन

      ३ घण्टा अघि

      पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

      ४ घण्टा अघि

      के हो ‘शिवांश : च्याप्टर १’ को मुख्य कथा ?अग्रिम टिकट बुकिङ खुला

      ४ घण्टा अघि

      रुपन्देही–३ मा तारा चिन्हका उम्मेदवार फैज अहमद खाँ: सामाजिक सेवाबाट संसदसम्मको यात्रा

      ८ घण्टा अघि

      मतदाता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

      ८ घण्टा अघि

      जनता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

      ३ दिन अघि

      संघर्षबाट उभिएको नेतृत्व : सुदर्शन बराल को हुन ?

      २ हफ्ता अघि

      धार्मिक–सांस्कृतिक पर्यटनमार्फत बुटवललाई पर्यटकीय नगर बनाउछु : बिश्वदिप

      २ हफ्ता अघि

      नेपाली काङ्ग्रेस लुम्बिनी : बदलियो कांग्रेस बदल्छौं देश

      २ हफ्ता अघि

      समतामूलक समाज निर्माण मेरो जिम्मेवारी हो : बिश्वदिप

      ३ हफ्ता अघि

      नेकपा रुपन्देही–२ महिला परिचालन समितिको भेला महिला सक्रियताले चुनावी जित सम्भव छ

      ३ हफ्ता अघि

      रुपन्देही–२ मा विश्वदीपको घरदैलो अभियान सुरु, मतदातामा उत्साह

      ३ हफ्ता अघि

      युवा–राजनीतिक संवादः जेन–जी आन्दोलनदेखि समावेशी नेतृत्वसम्म

      ३ हफ्ता अघि
    in
    आज: २०८२ फागुन १२, मंगलबार
    होमपेज / लुम्बिनी प्रदेश

    संघर्षबाट उभिएको नेतृत्व : सुदर्शन बराल को हुन ?

  • रिया बस्नेत क्षेत्री
  • २०८२ माघ २२, बुधबार (२ हफ्ता अघि)
  • ४६५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १० मिनेट
  • फाईल तस्विर

    गुल्मीको चन्द्रकोट गाउँपालिका–२, झारखर्क भौगोलिक रूपमा दुर्गम तर सामाजिक–राजनीतिक चेतनाले भरिएको यही भूमिबाट उदाएका हुन् सुदर्शन बराल। कम्युनिस्ट आन्दोलनका सक्रिय तथा अनुभवी नेताका रूपमा चिनिएका बराल पछिल्लो समय राष्ट्रिय राजनीतिमा प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित हुँदै आएका छन्। वि.सं. २०३३ सालमा भानुभक्त बराल र गौरी बरालका सुपुत्रका रूपमा जन्मिएका बराल विद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक यात्रा संघर्ष, आन्दोलन, भूमिगत जीवन र संसदीय नेतृत्व हुँदै राष्ट्रिय राजनीतिसम्म पुगेको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    बाल्यकालदेखि राजनीतिक राजनीतिक चेतना

    गुल्मीको ग्रामीण परिवेशमा हुर्केका बरालले बाल्यकालदेखि नै समाजमा रहेको असमानता, आर्थिक कठिनाइ र अवसरको अभाव नजिकबाट अनुभव गरेका थिए। यही परिवेशले उनलाई सामाजिक परिवर्तन र न्यायको खोजीमा अग्रसर बनायो। प्रारम्भिक शिक्षा गृह जिल्लामै हासिल गरेका उनले अध्ययनसँगै सामाजिक तथा राजनीतिक गतिविधिमा रुचि राख्थे ।

    शिक्षा क्षेत्रमा पनि बरालको यात्रा उल्लेखनीय छ। उनले स्नातकोत्तर तहमा इतिहास विषय अध्ययन गरे भने कानून विषयमा एलएल.वि. उत्तीर्ण गरेका छन । इतिहास र कानूनको अध्ययनले उनलाई राजनीतिक दर्शन, राज्य व्यवस्था र सामाजिक न्यायका विषयमा गहिरो समझ प्रदान गरेको देखिन्छ।

    विद्यार्थी राजनीतिबाट सुरु भएको नेतृत्वको यात्रा

    बरालको राजनीतिक जीवनको औपचारिक सुरुवात विद्यार्थी राजनीतिबाट भएको हो। उदय माध्यमिक विद्यालय, शान्तिपुरमा अध्ययनका क्रममा उनी विद्यार्थी आन्दोलनमा सक्रिय बने। त्यसपछि बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदा स्ववियु सदस्यका रूपमा निर्वाचित हुँदै विद्यार्थी हक–अधिकारका विषयमा आवाज उठाए। विद्यार्थी आन्दोलनबाटै उनले संगठन निर्माण, नेतृत्व क्षमता र राजनीतिक सोचलाई परिपक्व बनाउने अवसर पाए। अखिल (क्रान्तिकारी) गुल्मी जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दा उनले संगठन विस्तार र राजनीतिक चेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेले।

    जनयुद्ध र भूमिगत राजनीतिक जीवन

    नेपालको राजनीतिक परिवर्तनको उथलपुथलपूर्ण कालखण्डमा सुदर्शन बराल अग्रपंक्तिमा देखिन्थे । जनयुद्धको समयमा उनले विभिन्न मोर्चा तथा क्षेत्रको जिम्मेवारी सम्हाल्दै २०५८ सालमा गुल्मी जनसरकार प्रमुखको भूमिका निर्वाह गरे। वि.सं. २०५४ देखि २०६३ सम्म उनले भूमिगत राजनीतिक जीवन बिताए। उक्त समय उनका लागि चुनौतीपूर्ण मात्र नभई राजनीतिक प्रतिबद्धता परीक्षणको कालखण्ड पनि थियो। उनले ग्रामीण क्षेत्रका जनताको समस्या, सामाजिक विभेद र आर्थिक असमानतालाई राजनीतिक आन्दोलनको मुख्य एजेन्डा बनाए।

    संसदीय राजनीतिमा सक्रिय सहभागिता

    देशमा शान्ति प्रक्रिया सुरु भएपछि बराल संसदीय राजनीतिमा सक्रिय भए। वि.सं. २०६३ मा अन्तरिम व्यवस्थापिका संसद सदस्य बनेका उनी २०६४ सालमा संविधान सभा सदस्य निर्वाचित भए। संविधान निर्माण प्रक्रियामा उनले समावेशी लोकतन्त्र, संघीयता र सामाजिक न्यायका विषयलाई प्राथमिकताका साथ उठाएका थिए।

    २०७४ सालको निर्वाचनमा गुल्मी क्षेत्र नं. १ (क) बाट लुम्बिनी प्रदेश सभा सदस्य निर्वाचित भएपछि उनले प्रदेश सरकारमा सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हाले। मन्त्रीका रूपमा उनले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र समावेशी विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरेका थिए। हाल बराल नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुन । साथै तत्कालीन नेकपा (माओवादी केन्द्र) को लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारी सम्हाल्दै उनले प्रदेशस्तरमा पार्टी संगठन सुदृढीकरण र राजनीतिक समन्वयमा भूमिका खेलेका थिए। संगठन निर्माणमा उनको अनुभव र नेतृत्व क्षमता पार्टीभित्र महत्वपूर्ण मानिन्छ।

    बरालले आफ्नो राजनीतिक यात्रामा पछाडि पारिएका समुदाय, जाति, लिङ्ग तथा भौगोलिक रूपमा वञ्चित वर्गको अधिकार स्थापित गर्न निरन्तर आवाज उठाउँदै आएका छन्। उनी सामाजिक समावेशिता, समान अवसर र समतामूलक विकासका पक्षधर नेताका रूपमा चिनिन्छन्।

    राष्ट्रिय राजनीतिमा प्रभावशाली उपस्थिति

    हाल बराल नेपाली कम्युनिस्ट पार्टिबाट प्रतिनिधि सभा सदस्य गुल्मी क्षेत्र नं. १ का उम्मेदवार हुन । संसदिय अभ्यासमा अब्बल बराल राजनीतिक संघर्ष, संगठनात्मक अनुभव र जनतासँगको निरन्तर सम्बन्धका कारण गुल्मी मात्र नभई लुम्बिनी प्रदेश र राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताका रूपमा स्थापित छन । ग्रामीण परिवेशबाट उठेर राष्ट्रिय नेतृत्वमा पुगेको उनको यात्रा राजनीतिक प्रतिबद्धता र संघर्षको उदाहरणका रूपमा लिइन्छ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लुम्बिनी प्रदेश सम्बन्धि थप

    मतदाता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

    दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट

    संविधानबाट निकास खोज्नुपर्छ : माओवादि केन्द्र लुम्बिनी

    क्रान्तिकारीका मिलन घर्तीले पाल्पा क्याम्पसमा बाजी मार्दै

    प्रचण्डद्धारा जमुहानी पोखरा तालको शिलान्यास हुदैँ

    लुम्बिनी प्रदेशमा समावेशी अभ्यास : सीमान्तकृतको दृष्टिकोण

    समाचार

    पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी

    अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ

    प्रधानमन्त्रीद्वारा निर्वाचन सम्बन्धि सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन

    पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

    बुटवल दैनिक बिशेष

    मतदाता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

    समतामूलक समाज निर्माण मेरो जिम्मेवारी हो : बिश्वदिप

    नेकपा रुपन्देही–२ महिला परिचालन समितिको भेला महिला सक्रियताले चुनावी जित सम्भव छ

    रुपन्देही २ मा नेकपाको ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik - बुटवल दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑