• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ फागुन १२, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी

      ५४ मिनेट अघि

      अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ

      १ घण्टा अघि

      प्रधानमन्त्रीद्वारा निर्वाचन सम्बन्धि सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन

      १ घण्टा अघि

      पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

      १ घण्टा अघि

      के हो ‘शिवांश : च्याप्टर १’ को मुख्य कथा ?अग्रिम टिकट बुकिङ खुला

      १ घण्टा अघि

      रुपन्देही–३ मा तारा चिन्हका उम्मेदवार फैज अहमद खाँ: सामाजिक सेवाबाट संसदसम्मको यात्रा

      ५ घण्टा अघि

      मतदाता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

      ५ घण्टा अघि

      जनता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

      ३ दिन अघि

      संघर्षबाट उभिएको नेतृत्व : सुदर्शन बराल को हुन ?

      २ हफ्ता अघि

      धार्मिक–सांस्कृतिक पर्यटनमार्फत बुटवललाई पर्यटकीय नगर बनाउछु : बिश्वदिप

      २ हफ्ता अघि

      नेपाली काङ्ग्रेस लुम्बिनी : बदलियो कांग्रेस बदल्छौं देश

      २ हफ्ता अघि

      समतामूलक समाज निर्माण मेरो जिम्मेवारी हो : बिश्वदिप

      ३ हफ्ता अघि

      नेकपा रुपन्देही–२ महिला परिचालन समितिको भेला महिला सक्रियताले चुनावी जित सम्भव छ

      ३ हफ्ता अघि

      रुपन्देही–२ मा विश्वदीपको घरदैलो अभियान सुरु, मतदातामा उत्साह

      ३ हफ्ता अघि

      युवा–राजनीतिक संवादः जेन–जी आन्दोलनदेखि समावेशी नेतृत्वसम्म

      ३ हफ्ता अघि
    in
    आज: २०८२ फागुन १२, मंगलबार
    होमपेज / समाचार

    युवा–राजनीतिक संवादः जेन–जी आन्दोलनदेखि समावेशी नेतृत्वसम्म

  • बुटवल दैनिक
  • २०८२ माघ १६, बिहिबार (३ हफ्ता अघि)
  • ५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    पर्पल फाउन्डेसनको आयोजनामा विभिन्न क्षेत्र तथा पेशा–व्यवसायमा संलग्न १८ देखि ३५ वर्ष उमेर समूहका युवा तथा विद्यार्थीहरूसँग युवा–राजनीतिक संवाद कार्यक्रम बुटवलमा सम्पन्न भएको छ। संवादमा राजनीतिमा युवाको भूमिका, समावेशी सहभागिता र लोकतन्त्रप्रति युवाको दृष्टिकोणबारे खुला छलफल गरिएको थियो।

    फेसबुकमा पछ्याउनुहोस्

    कार्यक्रममा पर्पल फाउन्डेसनकी निर्देशक सृजना काफ्लेले राजनीतिमा नागरिक सहभागिता, जेन–जी आन्दोलनमा युवाको नेतृत्व, नेपालको संविधानमा युवासम्बन्धी व्यवस्था, जनसांख्यिक लाभ तथा राजनीतिमा महिला, युवा, अपाङ्गता भएका व्यक्ति र पछाडि पारिएका समुदायको सहभागिता कस्तो छ भन्ने विषय नै संवादको मुख्य उद्देश्य रहेको बताइन्। लोकतन्त्रले युवालाई अवसर दिने कि सीमित गर्ने भन्ने प्रश्न उठाउँदै गरेको अबस्थामा युवाको भूमिकालाई केन्द्रमा राखेर बहस गर्नुपर्ने उनको भनाइ थियो।

    पर्पल फाउन्डेसनकी बोर्ड सदस्य तथा गौरसरकार संस्था महासंघकी उपाध्यक्ष नानी माया थापाले हाल लुम्बिनी र कर्णाली प्रदेशमा युवाहरूसँग राजनितीको क्षेत्रमा अर्थपूर्ण सहभागीताका लागि निरन्तर खुल्ला संवाद गरिरहको बताईन । उनले राजनीतिमा युवा, महिला, सिमान्तकृत तथा पछाडि पारिएका समुदायको अर्थपूर्ण सहभागिता कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा युवा तहबाटै आवाज उठाउनुपर्नेमा जोड दिइन्।

    संवादमा सहभागी किशोरी सञ्जाल रुपन्देहीकी कोषाध्यक्ष सत्यवती गोसाईले महिलाले के गर्न सक्छन् भन्ने सीमित र नकारात्मक सोच अझै समाजमा गहिरो रूपमा काम गरिरहेको बताइन्। यस्तो चिन्तनलाई चिर्न राजनीतिक र सामाजिक दुवै तहमा पहल आवश्यक रहेको बताईन ।

    विद्यार्थी नेता शंकर भुसालले युवाहरू राजनीतिक दलको मूल प्रवाहमा नआउनु वा पछाडि पर्नुको प्रमुख कारण वैदेशिक पलायन भएको बताए। युवाको सहभागिता कम हुँदै जाँदा राजनीतिक प्रतिनिधित्व स्वाभाविक रूपमा कमजोर हुने उनले उल्लेख गरे।

    त्यस्तै महिला अटो चालक मिरा शर्माले अस्थिर राजनीतिक अवस्थाका कारण श्रमिकका मुद्दा राजनीतिक दलहरूले पर्याप्त रूपमा सम्बोधन नगरेको बताइन्। राजनीतिक पहुँच नहुँदा श्रमिकका समस्या ओझेलमा पर्ने गरेको उनको गुनासो थियो।

    विद्यार्थी नेता टिकाराम आचार्यले लोकतन्त्रमा युवालाई सहजै नेतृत्वमा पुर्‍याइँदैन भन्दै हस्तक्षेप र निरन्तर संघर्ष आवश्यक रहेको बताए। महिलाको सवालमा नेपालमा राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश भइसकेको उदाहरण प्रस्तुत गर्दै यसलाई लोकतन्त्रको सुन्दर पक्षका रूपमा उल्लेख गरे।

    तेस्रो लिङ्गी अधिकारकर्मी रेशम न्यौपानेले भन्छिन “राजनीतिमा सहभागिता मेरो संवैधानिक अधिकार हो, तर व्यवहारमा तेस्रो लिङ्गीलाई अगाडि बढ्न नदिने राजनितिक दलका संरचनागत अवरोध छन्। धेरै राजनीतिक दलका विधानमै तेस्रो लिङ्गीको सहभागिता सुनिश्चित गर्ने स्पष्ट व्यवस्था छैन। यही कारण देखाउँदै हामीलाई रोक्ने गरिन्छ, जुन लोकतान्त्रिक मूल्य र समावेशी शासनको भावना विपरीत हो।”

    सामाजिक अभियन्ता मनु खड्काले पुराना राजनीतिक दलहरूले राजनीतिमा आउन चाहने नयाँ युवालाई दबाउने वा डोमिनेन्ट गर्ने प्रवृत्ति देखिएको बताइन्। विशेषगरी युवामा राजनीतिक चेतनाको विकास अझै अपरिहार्य रहेको उनको धारणा थियो।

    संवादको सहभागी युवाहरूले राजनीतिक शिक्षा, मतदाता शिक्षा, निर्वाचन शिक्षा तथा सूचना प्रविधिमा साक्षरताको कमी रहेको उल्लेख गरे। यी सबै क्षेत्रमा दक्षता हासिल गर्दै राजनीतिक दलभित्रैबाट समावेशी अभ्यास र युवा तथा पछाडि पारिएका समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा उनीहरूको जोड थियो।

    अहिलेको अबस्थामा महिलाको नेतृत्वमा देखिएको अदम्य साहस जेन–जी आन्दोलनलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै रक्षा बमजस्ता महिला नेतृत्वहरू अग्रपंक्तिमा रहेको उल्लेख गरिएको थियो । सबै राजनितिक दलहरुले युवालाई शक्तिको स्रोत र महिलालाई भोट बैंकको रूपमा मात्र प्रयोग नगरी नेतृत्व तहसम्म वास्तविक र अर्थपूर्ण सहभागिता गराउन राजनीतिक दलहरू गम्भीर हुनुपर्ने सहभागी युवाहरुको साझा धारणा थियो ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी

    अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ

    प्रधानमन्त्रीद्वारा निर्वाचन सम्बन्धि सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन

    पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

    के हो ‘शिवांश : च्याप्टर १’ को मुख्य कथा ?अग्रिम टिकट बुकिङ खुला

    रुपन्देही–३ मा तारा चिन्हका उम्मेदवार फैज अहमद खाँ: सामाजिक सेवाबाट संसदसम्मको यात्रा

    समाचार

    पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी

    अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ

    प्रधानमन्त्रीद्वारा निर्वाचन सम्बन्धि सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन

    पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

    बुटवल दैनिक बिशेष

    मतदाता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

    समतामूलक समाज निर्माण मेरो जिम्मेवारी हो : बिश्वदिप

    नेकपा रुपन्देही–२ महिला परिचालन समितिको भेला महिला सक्रियताले चुनावी जित सम्भव छ

    रुपन्देही २ मा नेकपाको ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik - बुटवल दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑