• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ फागुन १२, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी

      ३ घण्टा अघि

      अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ

      ३ घण्टा अघि

      प्रधानमन्त्रीद्वारा निर्वाचन सम्बन्धि सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन

      ३ घण्टा अघि

      पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

      ४ घण्टा अघि

      के हो ‘शिवांश : च्याप्टर १’ को मुख्य कथा ?अग्रिम टिकट बुकिङ खुला

      ४ घण्टा अघि

      रुपन्देही–३ मा तारा चिन्हका उम्मेदवार फैज अहमद खाँ: सामाजिक सेवाबाट संसदसम्मको यात्रा

      ८ घण्टा अघि

      मतदाता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

      ८ घण्टा अघि

      जनता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

      ३ दिन अघि

      संघर्षबाट उभिएको नेतृत्व : सुदर्शन बराल को हुन ?

      २ हफ्ता अघि

      धार्मिक–सांस्कृतिक पर्यटनमार्फत बुटवललाई पर्यटकीय नगर बनाउछु : बिश्वदिप

      २ हफ्ता अघि

      नेपाली काङ्ग्रेस लुम्बिनी : बदलियो कांग्रेस बदल्छौं देश

      २ हफ्ता अघि

      समतामूलक समाज निर्माण मेरो जिम्मेवारी हो : बिश्वदिप

      ३ हफ्ता अघि

      नेकपा रुपन्देही–२ महिला परिचालन समितिको भेला महिला सक्रियताले चुनावी जित सम्भव छ

      ३ हफ्ता अघि

      रुपन्देही–२ मा विश्वदीपको घरदैलो अभियान सुरु, मतदातामा उत्साह

      ३ हफ्ता अघि

      युवा–राजनीतिक संवादः जेन–जी आन्दोलनदेखि समावेशी नेतृत्वसम्म

      ३ हफ्ता अघि
    in
    आज: २०८२ फागुन १२, मंगलबार
    होमपेज / बुटवल बिशेष

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक १७औँ वर्षमा प्रवेश, वित्तीय सफलता र सम्मान

  • रिया बस्नेत क्षेत्री
  • २०८१ फागुन ११, आईतबार (१ साल अघि)
  • ४६६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १० मिनेट
  • फाईल तस्विर

    रुपन्देहिमा केन्द्रीय कार्यालय रहेको ‘ख’ बर्गको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक १७औँ वर्षमा प्रवेश गरेको छ। बैंकको अधिकृत पुँजी ८ अर्ब, जारी पुँजी ४ अर्ब ८७ करोड र चुक्ता पुँजी पनि ४ अर्ब ८७ करोड रुपैयाँ रहेको छ। २०८१ पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको निक्षेप संकलन ६९ अर्ब ७२ करोड रहेको छ भने कर्जा लगानी ५७ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    बैंकले विभिन्न क्षेत्रका लागि कर्जा प्रवाह गर्दै आएको छ। व्यापार, कृषि, आवास निर्माण, विपन्न वर्ग, जग्गा खरिद, होटल तथा पर्यटन, उद्योग, उपभोग्य कर्जा, हायरपर्चेज, अस्पताल, शिक्षा लगायतका क्षेत्रमा बैंकले लगानी गरेको छ। उपभोक्ताको आवश्यकतालाई ध्यानमा राख्दै बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्दै सुरक्षित र भरपर्दो सेवा दिने लक्ष्य राखेको छ।

    आर्थिक वर्ष २०८०/०८१ मा बैंकले ब्याजकर, पारिश्रमिक करलगायत विभिन्न शीर्षकमा ३५ करोड ५७ लाख ८० हजार रुपैयाँ तथा आयकरतर्फ ३७ करोड ६ लाख ६६ हजार रुपैयाँ गरी कुल ७२ करोड ६४ लाख ४६ हजार रुपैयाँ सरकारी कोषमा जम्मा गरेको छ।

    बैंकले वित्तीय व्यवस्थापनमा उत्कृष्टता प्रदर्शन गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। इण्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजित दोस्रो इमर्जिङ एशिया बैंकिङ अवार्डमा ‘बेस्ट परफमेन्स अन प्रोफिटाबिलिटी’, ‘बेस्ट परफमेन्स अन ग्रोथ’ र ‘बेस्ट बैंक’ शीर्षकमा रनर उपाधि प्राप्त गरेको बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा आयोजित नेशनल बेस्ट प्रेसिडेन्टल एनुअल रिपोर्ट अवार्ड २०२३ मा ‘सर्टिफिकेट अफ मेरिट’ तथा न्यु बिजनेस एज प्रा.लि.बाट ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ दि इयर २०२४’ को सम्मान प्राप्त गरेको छ।

    बैंकका अध्यक्ष थानेश्वर पौडेलले निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रूपमा वृद्धि गर्दै ग्रामीण क्षेत्रमा कृषि, साना तथा मझौला उद्यममा लगानी विस्तार गर्ने योजना रहेको बताएका छन्। उनले कर्जाको गुणस्तरमा विशेष ध्यान दिँदै डिजिटल कारोबारलाई थप सुरक्षित बनाउन पहल गरिरहेको उल्लेख गरे।

    प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले लुम्बिनी प्रदेशको एकमात्र राष्ट्रियस्तरको विकास बैंकका रूपमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई अझ सशक्त र सेवाग्राहीमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। बैंकले सुशासन, स्पष्ट भिजन र वित्तीय अनुशासनलाई मुख्य प्राथमिकता दिएको भन्दै उनले वित्तीय अनुशासनको अभावले बैंकिङ क्षेत्रमा असर पर्ने स्मरण गराए।

    बैंकले १७औँ वार्षिकोत्सवको अवसरमा यस वर्ष उत्कृष्ट शाखाका रूपमा गुल्मीको खैरेनी, बर्दियाको कतरनिया, रुपन्देहीको सूर्यपुरा, प्युठानको बिजुवार र रुपन्देहीकै योगीकुटी शाखालाई ‘बेस्ट म्यानेज्ड ब्रान्च अवार्ड’ प्रदान गरेको छ।

    यसै अवसरमा, नेपाल पत्रकार महासंघ रुपन्देहीसँग सहकार्य गरी स्थापना गरिएको ‘शाइन आर्थिक पत्रकारिता पुरस्कार’ बाट पत्रकार दामोदर खनाललाई सम्मानित गरिएको छ। खनाललाई ५० हजार १११ रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको हो। अर्थशास्त्रका प्राध्यापक डा. बाबुराम ज्ञवाली संयोजक रहेको छनोट समितिको सिफारिसमा नेपाल पत्रकार महासंघले खनाललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो।

    पुरस्कार प्राप्त गरेपछि पत्रकार खनालले आर्थिक क्षेत्र समस्यामा परिरहेको वर्तमान अवस्थामा सबै सरोकारवालाले मिलेर अर्थतन्त्र सुधारका लागि पहल गर्नुपर्ने बताए। नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बैंकलाई जनताको माया प्राप्त भएको भन्दै भविष्यमा थप प्रगति हुने कामना गरे।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी

    अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ

    प्रधानमन्त्रीद्वारा निर्वाचन सम्बन्धि सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन

    पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

    के हो ‘शिवांश : च्याप्टर १’ को मुख्य कथा ?अग्रिम टिकट बुकिङ खुला

    रुपन्देही–३ मा तारा चिन्हका उम्मेदवार फैज अहमद खाँ: सामाजिक सेवाबाट संसदसम्मको यात्रा

    समाचार

    पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी

    अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ

    प्रधानमन्त्रीद्वारा निर्वाचन सम्बन्धि सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन

    पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

    बुटवल दैनिक बिशेष

    मतदाता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

    समतामूलक समाज निर्माण मेरो जिम्मेवारी हो : बिश्वदिप

    नेकपा रुपन्देही–२ महिला परिचालन समितिको भेला महिला सक्रियताले चुनावी जित सम्भव छ

    रुपन्देही २ मा नेकपाको ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik - बुटवल दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑