
बुटवल -लोकप्रिय गायक तथा सर्जक गणेश अधिकारी र माया शेरपुन्जा मगरको आवाजमा नयाँ पन्चे बाजाको गीत ‘रुन नपरोस’ भर्खर मात्र सार्वजनिक भएको छ ।
पछिल्लो समयमा बजारमा दिन प्रती दिन नयाँ नयाँ गीतहरु बजारमा आइरहेका छ्न। त्यसै क्रम गुल्मीमा जन्मिएका गायक तथा शर्जक गणेश अधिकारीको आवाजमा मनै छुने पन्चे बाजाको गीत ‘रुना नपरोस ‘सार्वजनिक भएको छ।
मोहन के सी शब्द र संगीत रहेको उक्त गीतमा गायक गणेश अधिकारी र माया शेरपुन्जा मगरको आवाज रहेको छ। बिष्णु भट्टराईको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोमा जुना गुरुङ र सन्तोष शर्माको मुख्य अभिनय देख्न सकिन्छ । बिष्णु भट्टराईले खिचेको भिडियोलाई बिष्णु भट्टराईले नै सम्पादन गरेका हुन ।
पन्चे बाजा रुन नपरोस को म्यजिक भिडियो हेर्न तल क्लिक गर्नुहोस ।


