नवलपरासी
पश्चिम नवलपरासीका सशस्त्र प्रहरी बल बि.ओ.पि.भुजहवाका सशस्त्र प्रहरी निरीक्षक प्रेम कार्की को मिलेमतोमा भारतसँग सीमा जोडिएका नाकाहरुबाट अबैध तस्करी ओसारपोसार हुदै आएको छ ।
सशस्त्र प्रहरी बल बि.ओ.पि.भुजहवाका सशस्त्र प्रहरी निरीक्षक प्रेम कार्की को मिलेमतोमा मा भुजहवा क्षेत्र भित्रका नाका हरु बाट तस्करीहरु सग सेटिग मिलाउने काम गर्दै आएको छन् ।
तस्करीहरु सग सेटिग मिलाएको सबैभन्दा बढी कमिसन असुली गर्ने सशस्त्र प्रहरी बल बि.ओ.पि.भुजहवा रहेको छ।
भुजहवाको सीमा नाकाबाट बिभिन्न समान सशस्त्र प्रहरी कै मिलोमतो मा आउने भने नेपालको विभिन्न समान भारत तर्फ पनि जाने गरेको पाइएको छ। भारत बाट इलेक्ट्रोनिक सामाग्री,लत्ताकपडा,सवारी साधनका पाटपुर्जा,गाई भैंसी ,खसी बोका ,खाद्यान्न सामाग्री ,खुकुराहरु भित्राउने गरेको पाइन्छ । भने बालुवाहरु भारत तर्फ जाने गरेको पाईन्छ ।
सशस्त्र प्रहरी बल बि.ओ.पि.भुजहवाका सशस्त्र प्रहरी निरीक्षक प्रेम कार्कीले बालुवा तस्करीहरु सग टालिके दर ले ३५० रुपैया र खाद्यान्न सामाग्रीको ५००रुपैया दरले टालिको लिदै आएको छन् भने इलेक्ट्रोनिक,लत्ताकपडा,सवारी साधनका पाटपुर्जा,गाई भैंसी ,खसी बोका ,माछा र खुकुरा तस्करीहरु सग मासिक ५०००० हजार देखि लाखौं रकम असुली गरेको छन।
सीमा अपराधलाई नियन्त्रण गर्न मुलुकको अन्तर्राष्ट्रिय सीमानामा सशस्त्र प्रहरी बल तैनाथ गरिएको छ । त्यसका अतिरिक्त नेपाल प्रहरीले चेकजाँच र गस्ती पनि उत्तिकै गर्दै आएको छ । यति हुँदाहुँदै पनि सीमा क्षेत्रबाट दिनरात पिकअप र साना ट्रकमा खुलेआम चोरी तस्करी कार्य भइरहेको दृश्य पनि सर्बजनिक भएको थियोे ।
नवलपरासीको महेशपुर नजिकैको भुजहवा क्षेत्रबाट अत्यधिक चोरी तस्करी कार्य भइरहेको स्थानीय बताउँछन् । त्यसैगरि जिल्लाका मुख्यतयाः भुजहवा , पाचपेडा हरकपुराबाट पनि तस्करहरुले अवैध रुपमा नेपालतर्फ सामान ओसारिरहेका छन् ।
तस्करले विशेष गरि रातको समयमा भारतीय तथा मधेसी मुलका अशिक्षित युवालाई आर्थिक प्रलोभन देखाए नेपाल भित्राउने गरेको एक युवाले बताए । यसको रहस्य के होला । दैनिक रूपमा तस्करी हुनु कारण मासिक कमिसन नै हो । सुत्रको अनुसार प्रत्यक तस्करी संग मासिक रुपमा कमिसन लिने गरेको पाईन्छ ।
यसरी दैनिक रुपमा तस्करी हुँदा पनि प्रसासनहरु ले किन मौन भएर बस्नु को अर्थ के होला ।स्थानीय प्रहरी प्रशासन कै मिलोमातो मा यस्ता कार्य अबैध रुपमा भैइरहेको छ।
नवलपरासीमा जिल्ला भर पछिल्लो समय अबैध सामान ओसारपसारमा कमि आएता पनि सिमावर्ती प्रहरीको मिलिमतोमा दैनिक रुपमा तस्करी हुँदा पनि सशस्त्र प्रहरी भने बेखबर जस्तैः छ ? सिमावर्ति सशस्त्र प्रहरी प्रशासन कै मिलोमातोमा यस्तो अबैध कार्य भैरहदा नियमन नगर्न्र निकायले कार्वाही गर्ला कि नगर्ला ?
उता, राजस्व चुहावट नियन्त्रण गर्ने निकाय राजस्व अनुसन्धान कार्यालय पनि यो बेथितीका अगाडि निकम्माजस्तै देखिएको छ ।