पश्चिम नेपाल बस ब्यबसायी प्रालिले सवारी आन्तरिक ब्यबस्थापन तथा दुर्घटना न्यूनिकरण सम्बन्धि अभियानलाई तिब्रताका साथ आगाडि बढाएको छ । चालकहरुको लापरवाहीले पनि सवारी दुर्घटना हुनका साथै धनजनको पनि क्षति हुने गरेको कारण यस्लाई न्यूनिकरण गर्ने उद्धश्यले प्रा.लिले बिहिबार बुटवलमा सवारी चालकहरुलाई आन्तरिक ब्यबस्थापन तथा दुर्घटना न्यूनिकरण सम्बन्धि प्रशिक्षण दिएको हो ।
प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक सोभा पाण्डेले सावारी चालकहरु नियममा रहि अनुशासनको पालन गर्नुपर्ने बिषयमा जोड दिदैँ मानव सभ्यातलाई ख्याल गरी यात्रुहरुसगँ नम्र व्यबहार गर्नुपर्छ र मात्र असल चालक हुने बताईन । पाण्डेले मानव जिवनमा सवारी चालकहरू सबैभन्दा ठूलो उद्वारकर्ता पनि भएको भन्दै सबै यात्रुहरुको जिवन चालक सगँ जोडिएको हुन्छ त्यसकारण पनि मानिसको जिवन बचाउन चालकको महत्वपूर्ण भुमिका भएकोले लापरवाही नगर्न र मानिसको जीवन प्रति गम्भीरता पूर्वक ख्याल गरी सवारी चलाउदा दुर्घटना कम हुने दाबी गरिन् । छिटो गन्तब्यमा पुग्ने र धेरै यात्रु चढाउने प्रतिस्पर्धा नभएर गुणस्तरीय चालक बन्ने प्रयास गर्न चालकहरुलाई उनले आग्रह गरिन् ।
पश्चिम नेपाल बस ब्यबसायी प्रालिका संचालक तथा आन्तरिक सवारी ब्यबस्थापन तथा दुर्घटना न्यूनिकरण शाखाका संयोजक तथा प्रशिक्षण कार्यक्रमका अध्यक्ष नारायण प्रसाद घिमिरेले चालकले सबारी साधन चलाउँदा ध्यान दिनुपर्ने बिषय , चालको व्यक्तित्व ,नियम र चालकले यात्रुहरुसँग गर्ने व्यवहार बारे प्रशिक्षण दिएका थिए । त्यसका लागि चालक तथा परिचालक अनुशासित मर्यादित बन्ने सवारी चालक अनुमति पत्र, विलबुक, सवारीको यान्त्रिक अवस्था, यात्रुप्रति गरिने व्यवहार आदीको समेत छड्के चेक जाँच हुने र प्रशिक्षणमा सिकाईएका कुराहरु र नियम उल्लंघन गर्ने चालकहरु कारबाही समेत गरिने घिमिरेले बताए ।
पश्चिम नेपाल बस व्यवासायीका प्रवन्ध संचालक रामचन्द्र भुसालले प्रत्येक वर्ष चालकको कारण हुने मनविय क्षति वा सवारी दुर्घटनामा करोडौं रकम खर्चिनु पर्ने गम्भीर बिषय भएको बताए । तर पछिल्लो समय यस्तै दुर्घटना न्युनिकरणका लागी चलाएको प्रशिक्षणले ३५ देखि ४० प्रतिशत दुर्घटना कमि भएको बताउँदै । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि बुटवलले बिगतमा संचालन गरेको आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनिकरण प्रशिक्षण कार्यक्रमको प्रभाव राम्रो भएको कारण चालक प्रशिक्षणलाई निरन्तरता दिईरहेको बताए ।
कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशका अध्यक्ष मोहन केसी प्रालिका संचालकहरु जितेन्द्र खत्री, मोहन पिएस र सञ्चारकर्मी शरण कर्मचार्य लगायतले बोल्दै सवारी दुर्घटना हुने बिभिन्न कारण सडक , यान्त्रिक उपकरण चेकजाँच मानवीय कारण र यस्ले निम्ताउने जोखिमबाट बच्नका लागि चालकहरुले अपनाउन सकिने सुरक्षात्क उपायहरु र सवारी दुर्घटना कमगर्ने उपायहरुबारे चर्चा गरेका थिए । प्रशिक्षण कार्यक्रममा लामो तथा छोटो दुरीमा सवारीसाधन चलाउने चालकहरुको उपस्थित रहेको थियो ।
२५ सय बढि बसहरु संचालनमा रहेको पश्चिम नेपाल बस ब्यबसायी प्रालिले २०६६ सालदेखि चालक र सहचालहरुलाई आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनिकरण प्रशिक्षण कार्यक्रम संचालन गर्दै आएको छ ।