गुल्मी, २३ कार्तिक ।
गुल्मीको मदाने गाउँपालिकामा प्रथम मदाने कंकेदेउराली जनप्रिय पुर्कोटदह कृषि पर्यटन व्यापार सांस्कृतिक खेलकुद महोत्सव २०८० संचालन भइरहेको छ । महोत्सवको तेस्रो दिन गायक पशुपति शर्माको प्रस्तुति रहेको छ ।
जनसेवाका लागि जनप्रिय युवा क्लब पुर्कोटदहको १७ औं वार्षिकोत्सबसँगै महोत्सवको आयोजना यो महोत्सवको आज तेस्रो दिन गायक पशुपति शर्मा, ड्रिम डान्स ग्रुप, गायक आर जे रास्कोटीको प्रस्तुति रहेको छ । मदाने गाउँपालिका ६ पुर्कोटदह स्थित थामपोखरी खेल मैदान चामागाउँ मा संचालन भइरहेको महोत्सवमा पुरुष भलिबलका समूह चरण र क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् ।
सामाजिक, साँस्कृतिक सम्पदा संरक्षण हाम्रो हात, युवा तथा देश विकास गतिशिलतामा हाम्रो साथ भन्ने नारा सहित जनप्रिय युवा क्लब आयोजनामा सो महोत्सव संचालन गरिरहेको छ । महोत्सवको संरक्षकमा मदाने गाउँकार्यपालिकाको कार्यालय, पुर्कोटदह र व्यवस्थापकमा एम.एम.बि.के.एस इनभेष्ट एन्ड बहुउद्देश्य प्रा. लि रहेको जनप्रिय युवा क्लबले जनाएको छ ।