• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० मंसिर २३, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सरकारले मिर्गौला प्रत्यारोपण लागि चार लाखसम्म सहुलियत दिने

      १ दिन अघि

      पोखरामा ओलीले भने : चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन

      १ दिन अघि

      नेपालबाट ४० मेगावाट बिजुली किन्ने बंगलादेश सरकारको निर्णय

      १ दिन अघि

      बुटवलका प्रमुख प्रशासकीय अधिकृत भुसालको सरुवा

      १ दिन अघि

      पाल्पाको तिनाउमा रहेको दोभान माविले मनायो हीरक महोत्सव

      १ दिन अघि

      लुम्बिनीकाे प्रदेश निजामती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण

      १ दिन अघि

      सुत्केरीको मृत्यु पछि आम्दा अस्पतालका मेसु माथी कुटपिट

      १ हफ्ता अघि

      नागरिकहरु स्वस्थ्य भए मात्रै देशको विकास सम्भव हुन्छ प्रदेश सासंद थारु

      १ हफ्ता अघि

      शिक्षा र नागरिक जागरणद्धारा लैंगिक असमानता र विभेद हट्छ

      १ हफ्ता अघि

      दाङको बाल प्रगति प्राथमिक विद्यालयकाे भवन प्रदेश सांसद थारुद्धारा उद्घघाटन

      १ हफ्ता अघि

      सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

      १ हफ्ता अघि

      अज्ञात श्रीमान् ज्यू !

      १ हफ्ता अघि

      राप्तीमा कुकुरको स्थायी बन्ध्याकरण गर्न शुरु

      १ हफ्ता अघि

      रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

      १ हफ्ता अघि

      लैङ्गकि हिंसाविरुद्धको १६ दिने अभियान सुरु अभियानकाे इतिहास यस्ताे छ ?

      १ हफ्ता अघि
    in
    आज: २०८० मंसिर २३, शनिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    बुटवलका नगरप्रमुख र प्रशासकिय अधिकृतबीच विवाद, बुटवल आएको २ महिना नबित्दै फर्के प्रशासकिय अधिकृत

  • २०८० कार्तिक २२, बुधबार (१ महिना अघि)
  • ७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • फाईल तस्विर

    बुटवल उपमहानरपालिकामा प्रमुख प्रशासकिय अधिकृत लामो समय बस्न नसक्ने पुरानो परम्परा जस्तै बनेको छ । प्रमुख प्रशासकिय अधिकृतको दिगोपन नहुँदा कतिपय योजनाहरु अलपत्र पर्ने गरेको पनि उपमहानगरकै कर्मचारीहरुले बताउने गरेका छन् ।

    पछिल्लो समय सरुवा भएर आएका अधिकृत विष्णु प्रसाद भुसाल पनि आएको २ महिना नपुग्दै बुटवल नफर्कने गरि काठमाडौं फर्केको उपमहानगर स्रोतले दाबी गरेको छ । अनुदान वितरणको विषय सहित करार कर्मचारी नियुक्ति लगायतको विषयमा नगर प्रमुख खेलराज पाण्डे र प्रशासकिय अधिकृतबीच कुरा नमिलेपछि अधिकृत भुसाल कार्यालय छाडेर काठमाडौं गएको स्रोतले बतायो ।

    मेयर पाण्डे र प्रशासकिय अधिकृतबीच करार कर्मचारीलाई हटाएर मेयर निकटका व्यक्तिहरुलाई कानून विपरित नियुक्ति गर्न तथा आर्थिक कार्यबिधि विपरित अनुदान वितरणको  विषयमा विवाद भएपछि प्रशासकिय अधिकृत बुटवल नफर्कने गरि काठमाडौं गएको बताइएको छ । भूकम्प पीडितलाई राहत पठाउने प्रक्रियाको विषयमा पनि दुईजनाबीच कुरा नमिलेको स्रोतको दाबी छ ।

    कार्यपालिकाको बैठकबाट हुनुपर्ने निर्णयहरु मेयरले त्यस अगावै कार्यान्वयनमा ल्याउन दवाव दिएपछि दवाव खप्न नसकेर भुसाल काठमाडौं फर्केको स्रोतको दाबी छ । बुटवल उपमहानगरको कार्तिक २१ गते बुधबार कार्यपालिका बैठक बोलाइएको छ । बैठकको अघिल्लो दिन मँगलबार नै भुसाल काठमाडौं हिँडेका छन् ।

    विवादका बिषयमा प्रशासकिय अधिकृत भुसालसँग पटक पटक सम्पर्क गर्न खोज्दा उनले मोबाइल उठाएनन् भने उपमहानगर प्रमुख पाण्डेले अधिकृत काठमाडौं गएको विषयमा आफुलाई केही थाहा नभएको बताए । उनले कुनै विवाद पनि नभएको र भुसाल काठमाडौं गएको विषय आफुलाई जानकारी पनि नभएको बताए ।

    भुसाल गत असोज ७ गते मात्र उद्योग मन्त्रालयबाट सरुवा भई बुटवल उपमहानगरमा हाजिर हुन आएका थिए । छोटो समयमै उनले बुटवल छाड्ने निर्णयले पनि उनीहरु बीच विवाद रहेको पुष्टि भएको छ । यस अघिका प्रशासकिय अधिकृत पनि नगरप्रमुखसँग कुरा नमिलेपछि आफै सरुवा मागेर जाने गरेको चर्चा सेलाउन नपाउँदै राजनीतिक ध्रुव मिलाएर मेयर पाण्डे आफैले बोलाएका भनिएका भुसालको फिर्ता जाने प्रयासलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    पोखरामा ओलीले भने : चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन

    नेपालबाट ४० मेगावाट बिजुली किन्ने बंगलादेश सरकारको निर्णय

    बुटवलका प्रमुख प्रशासकीय अधिकृत भुसालको सरुवा

    पाल्पाको तिनाउमा रहेको दोभान माविले मनायो हीरक महोत्सव

    लुम्बिनीकाे प्रदेश निजामती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण

    सुत्केरीको मृत्यु पछि आम्दा अस्पतालका मेसु माथी कुटपिट

    समाचार

    पोखरामा ओलीले भने : चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन

    नेपालबाट ४० मेगावाट बिजुली किन्ने बंगलादेश सरकारको निर्णय

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

    बुटवल दैनिक बिशेष

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

    रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑