गुल्मी, १८ कार्तिक।
गुल्मीको धुर्कोटमा खुल्ला क्रिकेट प्रतियोगिता संचालन हुँदै छ। धुर्कोटगाउँपालिका४ जैसिथोकमा जैसिथोक क्रिकेट क्लबको आयोजनामा सो प्रतियोगिता संचालन हुने भएको हो ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ यहि कार्तिक २१ गतेदेखी २४ गतेसम्म ४ दिन सम्म सो प्रतियोगिता संचालन हुने छ। काला पोखरा खेल मैदान धुर्कोट ४ जैसिथोकमा संचालन हुने प्रतियोगितामा प्रथम हुनेले रु ३०,०००/- कप, मेडल र प्रमाणपत्र र द्वितीय स्थान हासिल गर्नेले रु १५,०००/- कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द टुर्नामेन्टले रु २,००० मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगितामा सहभागी जनाउन रु ३,००० सहित कार्तिक २१ गते बिहान १० बजे सम्म दर्ता गरिसक्नुपर्ने क्लबका अध्यक्ष सागर पोखरेलले जानकारी दिएका छन् । प्रतियोगिता खुल्ला भएकाले जुनसुकै ठाउँबाट आई सहभागीता जनाउन सकिने उनले बताए ।