गुल्मी ।
गुल्मीको उपल्लो तम्घासमा बुधबारदेखि गुल्मी महोत्सव सुरु भएको छ । गुल्मी उद्योग संघको आयोजनामा संस्थागत रुपमा पहिलो पटक सदरमुकामको उपल्लो तम्घासमा ऐतिहासिक गुल्मी महोत्सव सुरु भएको हो । महोत्सवको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले उद्घाटन गर्नुभएको थियो ।
महोत्सवको उद्घाटन गर्दै नगरप्रमुख पन्थीले समुन्नतिको नयाँ आयामको रुपमा जाउ हिड रेसुङ्गा अभियानलाई लिएको बताउँदै महोत्सवले पनि सोही अभियानलाई जाडेको पाउँदा सुखी व्यक्त गर्नुभयो । ‘उधोगि व्यवसायीलाई सहयोग गरौं । प्रोत्साहन गरौं ।रोजगारी सिर्जना गरौं ।’ नगरप्रमुख पन्थीले भन्नुभयो,–‘यस क्षेत्रमा गरिने लगानीलाई प्रोत्साहन गर्न रेसुङ्गा नगरपालिका प्रतिबद्ध छ ।’
यस पटक उपल्लो तम्घासमा आयोजना गरिएको यो मेलाले अर्जुन रेसुङ्गा तम्घासस्थान मन्दिरसंगै समग्र जिल्लालाई प्रवर्द्धन गर्न मदत गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्तिक १५ देखि २५ गते सम्म चल्ने महोत्वको पहिलो दिन हजारौं संख्यामा मानिसहरुको जमघट देखिन्थो । उपल्लो तम्घासको खलाकाचौर स्थित ऐतिहासिक तम्घास स्थान मन्दिरको प्रचार प्रसारका लागि उपल्लो तम्घासमा राखिएको महोत्सव उद्घाटनको दिन विहानै देखि तम्घासस्थान मन्दिरमा दर्शनार्थीहरुको अपार भिड समेत रहेको थियो ।
दिउँसो निकालिएको शोभायात्रा खलाचौर उपल्लो तम्घा, माईकास्थान, खानीगाउँ, महेन्द्र माविचोक, नयाँबजार चारीखोला, उपल्लो तम्घास हुँदै पुनः महोत्सव स्थल खलाचौरमा आई शभामा परिणत भएको थियो । शोभायात्रामा प्रम्ुख आकर्षण मदाने गाउँपालिकाका महिलाहरुले बजाउने नौमति बाजा रहेको देखिन्थ्यो । त्यसो त भजनकिर्तमा झुम्नेहरुको पनि कमी थिएन ।
शोभायात्रामा विभिन्न जातजातीको कला–संस्कृतिका झाँकीहरुले दिनभर तम्घास बजारसँगै उपल्लो तम्घास उल्लासमय भएको थियो । बालबालिकाहरु लाखे नाचप्रति बढि आकर्षित देखिन्थे । कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, विभिन्न सरकारी कार्यालय प्रमु्ख, संघ संस्थाकोहरुको उल्लेख्य प्रनिधित्व थियो ।
विगतका महोत्सवहरुमा खादा र ब्याचमा खरिने खर्च यसपालीको महोत्सवमा कटौती गरी स्थानीय फुलका माला र पिपलका पातको ब्याजले अतिथीहरुलाई सत्कार गरिएको थियो । आयोजक संस्था गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसालका अनुसार अघिल्लो दिनको विहानै ३ सय वटा ब्यापारिक स्टलहरु बुक भई सके पछि थप माग बढे पछि साँझ २० वटा थप्नु परेको थियो ।
स्टलहरु मध्ये करिव ५० वटा स्थानीय उत्पादनलाई ३० प्रतिशत छुट सहुलियमा दिईएको छ । महोत्सवस्थलमा रहेका कतिपय स्टलमा स्थानीय परिकार खाँदै मानिसहरु रमाउँदै थिए । भने चर्के पिङ्ग बोटे पिङ्ग सहित विभिन्न खेलमा युवायुवतीहरुले मनोरञ्जन लिइरहेको देखिन्थ्यो । सदरमुकाममै भएर पनि विकुनो थलो भनिएको खलाचौर महोत्सवले ब्यस्त बजार जस्तै बनेको छ ।
भने सो स्थल बेहुली सिंगारिएजस्तै श्रृङगारिएको छ । उद्घाटन सत्रको दिन गुल्मेली कलाकार बैकुण्ठ महत र रामचन्द्र चन्द लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो । महोत्सवभर करिव ६० करोडको आर्थिक कारोवार हुने आयोजकोको अनुमान छ । महोत्सवमा बुटवल, काठमाण्डौमा रहेका गुल्मेलीहरु प्नि आईपुगेको देखि छिमेकी जिल्ला अर्घाखाँची, पश्चिम बाग्लुङ्ग सम्मका मानिसहरु पनि महोत्सवको अवोलकन गर्न आएका थिए । महोत्सवमा उद्योग संघका उपाध्यक्ष जनक पन्थको स्वागत मन्तव्य तथा महासचिव सुर्दशन खनालको सञ्चालन रहेको थियो ।