निलसागर सेवा आश्रम दाङ द्वारा शुक्रबार राति दाङको लमहीबाट २ जना सहयोगापेक्षी सडक मानवकाे उद्वार गरिएको छ।
लमहीकाे बस पार्क क्षेत्रमा केही महिला अघि देखि सडकमै बस्दै आएका नाम बताउन नसक्ने अन्दाजी ७५ वर्षीय एक वृद्ध र स्याङ्जाको वालिङ घर बताउने अर्का ४७ वर्षीय राजु कार्कीकाे उद्वार गरिएको हाे।उनीहरूलाई वडा प्रहरी कार्यालय लमहीकाे सहयोगमा उद्वार गरि आश्रमको कार्यालय राप्ती गाउँपालिका -८ पिपरीमा राखिएको छ।
काेही पनि मानिसहरू खाना,छाना र नाना बाट बन्चित हुन नपरोस् भन्ने उदेश्यले देउखुरी क्षेत्र लाई सहयोगापेक्षी सडक मानव मुक्त घाेषणा गर्ने गरि मानव उद्वारकाे अभियान सञ्चालन गरिएको आश्रमका कार्यवाहक अध्यक्ष गरिबु चाैधरीले बताउनुभयो ।उक्त उद्वार कार्यमा आश्रमका कार्यवाहक अध्यक्ष गरिबु चाैधरी सँगै राप्ती गाउँपालिका दाङका अभिलेख तथा सूचना सम्पादनकर्ता तुल बहादुर कवँर मगर र हिकाे संस्थाका एम्बुलेन्स चालक सुवास चाैधरीकाे सहभागीता रहेको थियो ।