दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवल शंखरनगर स्थित् बनवाटिकामा भव्य रुपमा सम्पन्न भएको छ । दाङ जिल्ला देखी बसाईसरी आस्थायी तथा स्थायी रुपमा रुपन्देही जिल्लामा बसोबास गर्दै व्यापार व्यावसाय गरी बस्ने कारीब ६० जनाको उपस्थीतीमा पहिलो तीज मिलन कार्यक्रम भव्य र सव्य रुपमा सम्पन्न भएको चलचित्र तथा म्युजिक भिडियो निर्देशक बिष्णु भट्टराईले बुटवल दैनिकलाई जानकारी दिनु भयो ।
बिभिन्न जिल्लादेखी रुपन्देही जिल्लामा बसाईसरी बसोबास गर्ने अन्य सबै जिल्ला बासीहरुले आ-आफ्नो सम्पर्क समाज स्थापना गरिरहेको अवस्थामा दङगाली दाजु भाइ तथा दिदिबहिनीहरुले पनि आफ्ना जिल्ला बासीहरुलाई एक ढिक्का बनाई आइ परेको अवस्थामा काधमा काध मिलाउदै अघी बढ्ने र रुपन्देही जिल्ला भित्र छरिएर बसेका सम्पूर्ण दंगाली बासीहरुमा एकता भएर अगाडी बढेमा हरेक समस्या संघ जुध्न र सामाजिक कार्य गर्न सहज हुने पनि भट्टराइले बुटवल दैनिकलाई जानकारी दिनु भयो ।
यसै गरी दाङ – रुपन्देही सम्पर्क समाजले आफ्नो जिल्लामा हुने संस्कृती र रितिरिवाझलाई सबैको माझ पुर्याउन टेवा पुग्ने समेत जानकारी दिएका छन् । दाङ – रुपन्देही सम्पर्क समाजको पहिलो तीज मिलन भएपनी कार्यक्रम भने सोचे भन्दा धेरै राम्रो भएको र महानुभाबहरुको समेत बाक्लो उपस्थिती भएको साथै आगामी दिनहरुमा अझै उल्लेखनीय कार्य गर्दै अगाडी जाने समेत तीज मिलन कार्यक्रमका संयोजक रेशम महराले जानकारी दिनु भयो ।
कार्यक्रममा प्रमोद अधिकारी, बिष्णु भट्टराई, रेशम महरा, यमु थापा, सकुन्तला भण्डारी, जग नारायणा चौधरी लगायतले आफ्ना भनाईहरु राखेका थिए । कार्यक्रममा दिदी बहिनिहरुले मौलिकतालाई आत्मसाथ गर्दै तीजको गीतबाट आफ्नो पीडाहरु बिसाउदै साताही बजारमा आएका तीजका गीतमा नाच्दै गरी रमाइलो गरेको समेत भट्टराईले जानकारी दिनु भयो ।