बुटवल ।
अनेरास्ववियू (क्रान्तिकारी) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको बिस्तारित बैठक बाट क.मिलन घर्ती मगर को अध्यक्षतामा मुल इकाई कमिटी पुनर्गठन भएको छ ।
अखिल क्रान्तिकारी त्रिभुवन बहुमुखी क्याम्पस तानसेन,पाल्पाको इकाई समितिको बिस्तारित बैठकमा प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पुर्ब अर्थमन्त्री आदरणीय कमरेड कृष्णधोज खड्का, बिशिस्ट अतिथि नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)को जिल्ला समन्वय समितीका संयोजक आदरणीय कमरेड राजेन्द्र बिक,अतिथि सचीव आदरणीय कमरेड मथुरा ढकाल,अनेरास्ववियू(क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज आदरणीय कमरेड पदम सोमै,त्रिभुवन बहुमुखी क्याम्पसका स्ववियु सचीव तथा अखिल क्रान्तिकारी इन्चार्ज कमरेड ताराबहादुर रायमाझी,स्ववियु सदस्य बिज्ञान दुधराज,सुजिता राना मगर को आतिथ्यमा सम्पन्न भयो । कार्यक्रम निवर्तमान अध्यक्ष भिम बहादुर लुंगेलीको अध्यक्षता र सचिव राजन क्षेत्रीको संचालनमा भएको थियो ।
नव निर्वाचित समितिमा अध्यक्ष:मिलन घर्ती मगर, उपाध्यक्ष :साजित खान, उपाध्यक्ष:मन्जु दर्लामी, उपाध्यक्ष :किरण सुनार, उपाध्यक्ष:वसन्त बस्याल, उपाध्यक्ष:बिनिता थापा मगर , (उपाध्यक्ष:अन्य पुराना यथावत..), सचीव:राजन क्षेत्री (यथावत), सहसचिव:तारा सुनारी , सहसचिव:सुजिता राना मगर, सहसचिव:अमृता बगाले मगर, सहसचिव:लालुमाया सारु मगर, (सहसचिव:अन्य पुराना यथावत…), कोषाध्यक्ष:मोनिका रायमाझी रहेका छन् । बैठकले केहि लाई थप जिम्मेवारी दिदै नयाँ ९९ सदस्यको मुल इकाई कमिटी पुर्नगठन गरेको छ ।