नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रूपन्देहीले मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन गरेको छ। शनिबार सम्पन्न गाउँपालिकाको बिस्तारित भेलाले प्रेम साहानी काे अध्यक्षतामा २९ सदस्य कमिटि निर्माण गरेको पार्टीले जनाएको छ ।
पुनर्गठित समितिको उपाध्यक्षहरूमा रामेश्वर दुबे, रुषा हरिजन र अखलेश यादव सचिवमा अमरजित हरिजन सहसचिवमा धनेश्वर चाैधरी र काेषाध्यक्षमा सेमि केवट तथा सदस्यहरूमा पचम हरिजन मख्खु पासी नन्दलाल मल्लाह, बिनाेद हरिजन, अर्जुन यादव, दुर्गा मल्लाह, पुनम कलवार, सगिता मल्लाह, रामअचल गुप्ता, माेहन हरिजन, अलाउदीन अन्सारी, मुस्ताफा धुनिया, राजकुमार यादव, ममता हरिजन, गाैरी भर, महफुज खान लगायत रहेका छन् ।
विस्तारित भेलालाई सम्बाेधन गर्दै पार्टीका स्थायी समिति सदस्य तथा रूपन्देही जिल्लाका इन्चार्ज गणेशमान पुनले तीन महिने अभियानले माओबादीलाई जनतासंग जाेडने बताए । अभियानले जनताकाे गुनासाे सुन्ने, संगठन निर्माण गर्ने तथा सदस्यता बिस्तार गर्दै पार्टी संगठन मजबुत बनाउने दावी गरे।
भेलामा पार्टी केन्द्रीय सदस्य किस्मत बिक, अतिउल्लाह मुसालमान, प्रदेश सचिवालय सदस्य डार्बिन लगायले बोलेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश सुबेदीकाे अध्यक्षतामा तथा सचिब जेपि मिश्राकाे संचालन रहेको थियो।