नेकपा माओवादी केन्द्रले संचालन गरेको तीन महिने पार्टी रुपान्तरण विशेष अभियानको तयारी रुपन्देहीमा तिब्र रूपमा अगाडी बढाईएको छ । “घरघरमा माओवादी, जनजनमा माओवादी” नारा दिईएको जनतासंग माओवादी विशेष अभियानको तयारीका क्रममा जिल्लाका सबै पालिका र वडाहरूमा बैठक सन्चालन भईरहेकाेछ।
अभियान अन्तर्गत यहि भाद्र ९ शनिबार नेकपा (माओवादि केन्द्र ) तिलोत्तमाको बैठक सम्पन्न गरेको छ । बैठकमा अभियानका जिल्ला इञ्चार्ज समेत रहेका पार्टी स्थायी कमिटि सदस्य गणेशमान पुन, केन्द्रीय सदस्य सिर्जना तरामु,प्रदेश अध्यक्ष सुदर्शन बराल को आथित्यता रहेको थियो ।
केन्द्रिय कार्यक्रम अन्तर्गत हरेको स्थायी कमिटि सदस्यलाई जिल्लामा, केन्द्रिय सदस्यलाई पालिकामा, प्रदेश तथा जिल्ला स्तरिय नेतालाई वडामा र पालिका स्तरिय नेतालाई टोलमा परिचालन गरेको माओवादीले पार्टीका सबै नेताहरूको कार्यक्षेत्र परिवर्तन गरिदिएको छ। जसले पार्टीमा बेग्लै संचार पैदा भईरहेको अभियान मा उत्साह जागेको कार्यकर्ताहरु बताउँछन ।
साथै यहि क्रममा तिलोत्तमामा वडा बैठकहरु पनि तिब्रताका साथ सप्पन्न भएका छ जसमा १,२,३,४,६,७,१२,१४,१७ को बैठक सम्पन्न गरिसकिएको र अन्य वडाहरुको बैठक एक दुई दिन भित्र सम्पन्न गर्ने गरि तयारी भएको नगरका प्रचार बिभाग प्रमुख अनिल पुरुष (क.सस्कार) ले जानकारी दिए । अभियानका क्रममा पार्टीले गरेका राम्रा कामको प्रचार, जनताबाट पार्टीलाई आवश्यक सुझाब संकलन गर्ने र तल्लाे तहदेखी पार्टीलाई बलियो बनाउने गरि संगठन निर्माण गरिने नगर पार्टीले जनाएकोछ ।