• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १०, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      ४ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ४ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ५ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ६ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ६ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      २ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १०, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    समाजवादी गणतन्त्रका लागि बलियो शक्ति आवश्यकः प्रधानमन्त्री प्रचण्ड

  • रिया बस्नेत क्षेत्री
  • २०८० भाद्र १२, मंगलबार (४ हफ्ता अघि)
  • १५५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १८ मिनेट
  • फाईल तस्विर
    प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अबको बाटो समाजवादी गणतन्त्र भएकाले यसका लागि बलियो शक्ति आवश्यक रहेको बताउनुभएको छ । समाजवादी मोर्चा नेपालले बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उहाँले त्यही बलियो शक्ति निर्माणका लागि समाजवादी मोर्चा बनाइएको पनि स्पष्ट गर्नुभयो ।
    तत्कालीन नेकपा माओवादीले २०६२ सालमा चुनबाङ बैठकमा गरेका निर्णयको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले त्यतिबेला आफूहरुले अघि सारेका कतिपय प्रश्नको हल भइनसकेको पनि बताउनुभयो । ‘हामीले त्यतिबेला भनेका थियौं, देशलाई संविधानसभाको चुनावमा जानबाट कसैले रोक्न सक्दैन । देश अब गणतन्त्रमा जान्छ र गणतान्त्रिक आन्दोलनको नेता कम्युनिष्ट पार्टी बन्छ’ उहाँले भन्नुभयो, ‘त्यतिबेलाको दस्तावेज पढ्नुभयो भने स्पष्ट लेखिएको छ तर त्यो गणतन्त्र हामीले भनेजस्तै श्रमिक जनताको हुन्छ वा दलाल नोकरशाहको गणतन्त्र हुन्छ, त्यो गणतन्त्र आउनेबित्तिकै फैसला हुने छैन ।’ अहिले गणतन्त्र जनताको बनाउने वा वुजुवाको भन्ने लडाइँ जारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यही फैसला गर्नका लागि समाजवादी मोर्चा बनाइएको हो । प्रतिक्रियावादीहरुले सके गणतन्त्र नै समाप्त गर्ने र नसके यसलाई फाँसीवादी गणतन्त्रमा रुपान्तण गर्ने प्रयासमा छन् तर हामी भने अब जनगणतन्त्रबाट माथि उठाएर समाजवादी गणतन्त्रमा रुपान्तरण गर्न चाहन्छौं । अहिलेको लडाइँ यही नै हो । यो लडाइँमा हामीले विशाल शक्ति सञ्चय गर्नैपर्छ, त्यसकै लागि यो मोर्चाको आवश्यकता परेको हो ।’
    अहिले प्रतिक्रियावादीहरुले जातीय, धार्मिक सद्भाव भड्काएर वा जे गर्न सकिन्छ गरेर भए पनि परिवर्तन उल्ट्याउन चाहेको उल्लेख गर्दै उहाँले यही प्रतिक्रान्तिकारी संकटबाट बिचबाट समाजवादी क्रान्तिलाई अघि बढाउनुपर्ने प्रधानमन्त्री प्रचण्डले स्पष्ट गर्नुभयो । ‘अहिले प्रतिक्रियावादीहरुलाई गाउँका श्रमिक जनताका छोराछोरी आएर सरकार चलाएको पाच्य भएको छैन, उनीहरु कुनै पनि शर्तमा परिवर्तन उल्ट्याउन चाहन्छन्’, उहाँले भन्नुभयो, ‘संविधानको अंग बनिसकेको शान्ति सम्झौतालाई लत्यार मुद्दा चलाउँदै शान्ति प्रतिक्रिया बिथाल्न चाहन्छन् तर हामी भने निरन्तर अघि बढ्नुपर्छ ।’
    समाजवादी मोर्चा सरकार, सदन र सडकबाट एकैसाथ अघि बढ्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्रक्रियावादीहरु परिवर्तनविरुद्ध लागिरहे भने लाखौं जनतालाई समाजवादमा प्रशिक्षित गरेर अघि बढ्नुपर्ने बताउनुभयो । आफू यसपटक समाजवादी क्रान्तिकै लागि सरकारमा गएको स्पष्ट गर्दै उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत आफूले लडाइँ सुरु गरिसकेको बताउनुभयो । क्रान्तिकारीहरु विभाजित हुँदा क्रान्तिको अपमान गर्नेहरु हावी हुन खोजेको उल्लेख गर्दै उहाँले क्रान्तिकारीहरुबिच वाद र विवादको चरण समाप्त भएर संवादको चरण सुरु भएकाले अब समाजवादी आन्दोलनका लागि क्रान्तिकारीहरु पुनः एक भएर अघि बढ्न थालेको बताउनुभयो ।
    हिजोका दिनमा बहुदलीय जनवाद, एक्काइसौं शताब्दीको जनवाद, जनयुद्ध र एकीकृत क्रान्तिका नाममा एकल रुपमा गरिएका अभ्यासहरु मोर्चाले साझा प्रयोगकै स्वामित्व लिने भन्दै प्रधानमन्त्री प्रचण्डले हिजोका सबै अनुभवका आधारमा अघि बढिने बताउनुभयो । उहाँले एमसीसीको प्रसंगमा उठेका प्रश्नको जवाफ दिंदै नेपालको राष्टिय हित र स्वाधीनताका लागि अहिले पनि आफू लडिरहेको बताउनुभयो । बिदेशी सहयोग पनि लिने र राष्टिय स्वाधीनतामा पनि सम्झौता नगर्ने गरी संसदबाट १२ बुँदे ब्याख्यात्मक टिप्पणी गरिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसलाई सम्झौताको टिप्पणी बनाउने कि नबनाउने भनेर एमसीसीका अधिकारीसँग जानकारी लिइने बताउनुभयो ।
    नेकपा एकीकृत समाजवादीका एवं अध्यक्ष माधवकुमार नेपालले राजनीति, आर्थिक, सामाजिक र सास्कृतिक परिवर्तनका लागि मोर्चा आवश्यक परेको बताउनुभयो । समाजवादी मोर्चाका अध्यक्षसमेत रहनुभएका नेपालले दलाल पूजीवादले सिर्जना गरेका सबै खालका विभेदको अन्त्य गरी नेपाली बिशेषतासहितको समाजवाद स्थापना गर्न मोर्चाले अगुवाई गर्ने बताउनुभयो । उहाँले जनताको जीवन रुपान्तरण नगरी अधिकाको आवाज उठाएर मात्रै सार्थक नहुने बताउनुभयो । सरकार, सदन र सडकको मोर्चामार्फत एकैसाथ अघि बढ्ने मोर्चामा सहमति भएको उल्लेख गर्दै जनताका पीडा र भावनाको अगुवाई गर्ने उहाँको भनाइ थियो । एमसीसीलाई हिन्द महासागरीय रणनीतिअन्तर्गत स्वीकार गर्न नसकिने उल्लेख गर्दै उहाँले संसदले पारित गरेको ब्याख्यामक टिप्पणी स्वीकार नगरिए त्यसमा जान नसकिने स्पष्ट गर्नुभयो । देशभन्दा माथि सरकार नहुने उल्लेख गर्दै उहाँले एमसीसीबारे सबै प्रष्ट हुनुपर्ने बताउनुभयो ।

    नेकपाका महासचिव विप्लव सीले अब एउटा पार्टीले मात्रै लडेर जनताको विजय प्राप्त गर्न सम्भव नभएकाले मोर्चाको अवधारणा अघि सारिएको बताउनुभयो । हजारौं वर्षदेखि जरा गाडेर बसेको सामन्तवादको अन्त्य गरी पूजीवादी क्रान्ति सम्पन्न गरे पनि अब समाजवादी क्रान्तिका लागि मोर्चा आवश्यक परेको बताउनुभयो । नेपालमा दलाल पूजीवादको अन्त्य गरी जनताको समाजवाद स्थापना गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीले भन्दै आएको बैज्ञानिक समाजवाद अहिले सम्भव नभए पनि नेपाली बिशेषतासहितको समाजवाद मोर्चाको साझा विन्दु भएको उल्लेख गर्नुभयो । मोर्चा बनाउन प्रधानमन्त्री प्रचण्डले ठूलो जोखिम मोलेको उल्लेख गर्दै बिप्लवले जनताको एकता मन नपराउने तत्वहरु बढारिएर जाने बताउनुभयो । मोर्चा सम्बद्ध दलहरु समस्यारहित नभए पनि अहिले नेपालमा सबैभन्दा अग्रगामी शक्ति समाजवादी मोर्चा रहेको बताउनुभयो । नेपाल स्वाधीन बन्दै गएको उल्लेख गर्दै उहाँले यो बिदेशीहरुलाइ मन नपरेको बताउनुभयो । महासचिव विप्लवले प्रधानमन्त्री प्रचण्डलाई सरकारबाट लड्न आग्रह गर्दै जनताको लागि आफूहरु सडकबाट साथ दिन तयार रहेको बताउनुभयो । सरकारले सुशासनको पक्षमा गरेका काममाथि प्रहार गर्न थालिएको उल्लेख गर्दै उहाँले सरकारले गरेका कामको बिरोध गर्नेहरु परिवर्तन बिरोधी भएको बताउनुभयो ।
    जसपाका नेता राजकिशोर यादवले समाजवादी क्रान्तिको लागि मोर्चा बनाइएको बताउनुभयो । उहाँले अब आर्थिक सामाजिक रुपान्तरणको माध्यमबाट समाजवादी क्रान्ति गर्नुपर्ने उल्लेख गर्दै त्यसको अगुवाई गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभयो । अहिलेको सरकारलाई जनताले वाहवाही गरिरहेको उल्लेख गर्दै उहाँले बलिदानीपूर्ण क्रान्तिको सपना पूरा गर्नुपर्ने बेला आएको बताउनुभयो ।
    नेकपाका नेता बसन्त सीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले गर्नुभएको थियो । कार्यक्रममा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले स्वागत गर्नुभएको थियो भने मोर्चाका कार्यालय सदस्य प्रमेश हमालले मोर्चाको अवधारणा प्रस्तुत गर्नुभएको थियो ।
    मोर्चाको प्रदेश समन्वय समिति घोषणा समाजवादी मोर्चाले लुम्बिनी प्रदेश समन्वय समिति घोषणा गरेको छ । जसमा मोर्चा सम्बद्ध दलबाट तीन तीन जना नेता रहेका छन् ।
    जसमा माओवादी केन्द्रबाट सुदर्शन बराल, दुर्गाबहादुर थारु र कृष्ण अधिकारी, एकीकृत समाजवादीबाट सोमप्रसाद पाण्डे, निर्मल सुवेदी र मेटमणि चौधरी, जसपाबाट नवीनकुमार सुनुवार, मणिकर कार्की र अशोक यावद तथा नेकपाको तर्फबाट वसन्त सी, नारायण सी र सम्झना सी रहनुभएको छ । समितिको अध्यक्ष चार महिनाका लागि नेकपाले गर्नेछ ।
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑