नायिका करिश्मा मानन्धरले अभिनय गरेको एक विज्ञापन विगत केही दिनदेखि चर्चामा छ । विशेषगरि, यो विज्ञापनमा करिश्माको संवाद बोल्ने शैलीलाई लिएर व्यापक आलोचना भएको छ । नेपाली फिल्म क्षेत्रमा ४ दशक बिताएकी करिश्माले किन यति कमजोर अभिनय गरिन् भन्ने प्रश्न पनि उठेको छ ।
बुधबार मेरो फिल्मले यो बिषयमा प्रश्न उठाएपछि करिश्माले सामाजिक संजालबाट प्रतिक्रिया दिएकी छिन् । उनले, आफ्ना दर्शकलाई कुनै पनि विज्ञापनमा काम गरेर झुक्याउने मनस्थिती आफ्नो कहिले पनि नरहेको उल्लेख गरेकी छिन् ।
साथै, करिश्माले यो विज्ञापनको सुधार हुने समेत प्रतिबद्धता जनाएकी छिन् । साथै, आफ्ना हरेक क्रियाकलापलाई चासोको साथ हेर्ने र सुधार्ने मौका दिने सबैलाई धन्यवाद समेत दिएकी छिन् । तर, उनले कहिलेकाही हाँस्नु पनि पर्छ भन्दै आलोचना स्विकार गरेकी छिन् ।
करिश्माले विज्ञापन बनाउने क्रममा आफूले अभिनय मात्र गर्ने र यसको निर्माणमा कुनै पनि हात आफ्नो नहुने उल्लेख गर्दै अब हरेक विज्ञापनमा काम गर्दा आफू पनि संलग्न भएर काम गर्ने बताएकी छिन् । धेरैले नानाथरी टिप्पणी गरेपछि करिश्माले अब आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टीकरण दिएकी छिन् ।
उनले फेसबुक पेजमा लेखेकी छिन्, ‘त्रुटि मानिस बाटै हुने हो ! यसको प्रचार काममा मेरो उपस्थिति रहने भए पनि प्रचार निर्माण सामग्रीमा मेरो हात हुँदैन । ’ यस्ताे छ करिश्माकाे फेसबुक स्टाटस :