विवश विष्ट,
गुल्मी ०८ चैत।
गुल्मीको मदाने गाउँपालिकामा १ दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुने भएको छ । गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सो शिविर संचालन हुने भएको हो ।
आम नागरिकलाई आयुर्वेद स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा मदाने गाउँपालिकामा संचालन गर्न लागेको हो ।
चैत ११ गते शनिबार मदाने गाउँपालिका ६ पुर्कोटदहमा सो आयुर्वेद स्वास्थ्य शिविर संचालन गर्न लागिएको हो । यसबाट आम नागरिकले सेवा पाउने छन् ।