• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १०, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      ४ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ४ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ५ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ६ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ६ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      २ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १०, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / कला/मनोरंजन

    एलिना चौहानले गएको धोकेबाज भाईरल भएपछी शिव परियार भन्छन- ‘धोकेबाज’ गीत मैले गाएको हो

  • बुटवल दैनिक
  • २०७९ चैत्र ४, शनिबार (६ महिना अघि)
  • ३२० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं । धोकेवाज गीतले गायिका एलिना चौहानलाई रातारात हिट बनाइदियो । उनी अहिले ‘धोकेवाज गायिका’ को नामले नै चर्चित हुन थालेकी छन् भने मेला–महोत्सवदेखि विदेशका कार्यक्रममा उनको डिमान्ड ह्वात्तै बढेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    यता, धोकेवाजको ‘मेल भर्सन’ गाउने शिव परियार भने खासै चर्चामा आउन सकेनन् । धेरै स्रोता–दर्शकलाई यो गीत शिवले पनि गाएका छन् भन्नेसमेत थाहा छैन । अहिले उनी आफैंले यो गीतको गायक म पनि हुँ भन्दै हिँड्नुपर्ने अवस्था छ । हरेक स्टेजहरुमा उनी अहिले धोकेवाज गीतलाई प्राथमिकतामा राख्छन् ।

    साथै, प्रत्येक इन्टरभ्यूहरुमा पनि यो गीत आफ्नो स्वरमा सुनाउने गर्छन् । ‘धोकेबाज हौ तिमी’ गीतको फिमेल भर्सन यतिबेला सबैभन्दा बढी भाइरल हुनेमध्ये पर्छ । टिकटकदेखि फेसबुक र इन्स्टाग्रामको रिल्ससम्म यो गीत व्यापक सेयर भइरहेको छ । नेपाली मात्र होइन, विदेशीले समेत यो गीतको कन्सर्टका दृश्यलाई सेयर गरिरहेका छन् ।

    यो गीतलाई लिएर गायिका एलिना चौहान समेत चर्चामा छिन् । पछिल्लो समय जिल्ला-जिल्लामा भइरहेका मेला-महोत्सवमा समेत यो गीत चर्चामा छ । कतिपयले एलिनालाई ‘धोकेबाज हौ’ गायिकाको रुपमा समेत चित्रण गर्न थालेका छन् । राजनीतिक सन्दर्भमा समेत गीतलाई लिएर ट्रोल बनिरहेको छ ।

    करिब दुई वर्षअघि नै शिव परियारको आवाजमा रिलिज भएको मेल भर्सनभन्दा पछि एलिनाको स्वरमा आएको फिमेल भर्सन चर्चामा आएको छ । तर यो गीतले शिवलाई समेत पुनः चर्चामा तानेको छ । शिवले ‘टाइटलमा नजानुस् है कृपया अन्तर्वार्ता राम्रो छ’ भन्दै एक टेलिभिजन अन्तर्वार्तालाई सेयर गरेका छन् जसको टाइटल छ- ‘धोकेबाज गीत मैले गाएको हो । धोकेबाजले मलाई फेरि चर्चामा ल्यायो ।’

    शिवको उक्त टेलिभिजन अन्तर्वार्ता हेर्दा लाग्छ, ‘धोकेबाज हौ तिमी’ गीतलाई लिएर शिव र एलिनाबीच अप्रत्यक्ष रुपमा जस लिने होड चलेको देखिन्छ । शिवले खुलेर नभनेपनि उनले अन्तर्वार्तामा आफूले गाएको उक्त गीतको मेल भर्सनले अहिले पनि चर्चा बटुलेको बताएका छन् । साथै, एलिनाले गाएको गीत हिट हुनुमा कन्सर्टमा देखिएको दृश्य र एक्सप्रेसन प्रमुख रहेको अर्थ्याउन खोजेका छन् ।

    साथै उनले टाइमलाइनमा भिडियो पनि सेयर गरेका छन् । शिवको स्वर रहेको उक्त गीतको मेल भर्सनलाई युट्युबमा ८३ लाख पटक हेरिएको छ भने एलिनाको गीतलाई २ करोड ३९ लाख पटक हेरिएको छ । धोकेवाद गीत एक वर्षअगाडि नै आएको हो ।

    सुवास कार्कीको रचना र संगीत रहेको गीतमा एलिना चौहानले स्वर दिएकी थिइन् । २०७८ को वैशाखमा यूट्यूवमा अपलोड भएको गीत सुपरहिट भयो । भिडियोमा एलिना स्वयंले अभिनय गरेकी छिन् भने उनलाई बादलसिंह ठकुरीले साथ दिएका छन् । गीतले छिट्टै लोकप्रियता पाएपछि तीन महिनापछि मेल भर्सनमा रेकर्ड गरिएको हो, जसलाई शिव परियारले स्वर दिएका छन् ।

    गीतको शब्द र संगीत उही छ । गीतले राम्रै भ्यूज बटुले पनि फिमेल भर्सनभन्दा धेरै पछाडि छ । पछिल्लो समय एकाएक धोकेवाज गीत भाइरल भयो । त्यसो त शिव परियार चर्चाको लागि कुनै अमुक गीतको सहारा लिनुपर्ने गायक होइनन् । उनी नेपाली संगीत क्षेत्रका स्थापित गायक हुन् । धोकेवाज बाहेक पनि उनले थुप्रै हिट गाइसकेका छन् ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑