काठमाडौं – झण्डै एक वर्षपछि अभिनेता पल शाह स्टेज कार्यक्रममा व्याक भएका छन्। पल बुधबार रुकुममा जारी एक महोत्सवमा आफ्नो प्रस्तुति दिन पुगेका हुन् ।
उनी हेलिकप्टर मार्फत रुकुम पुगेका हुन् । आयोजकले पलको लागि हेलिकप्टरको व्यवस्था गरेको थियो। पलले महोत्सवमा आफ्नो प्रस्तुति दिने र त्यसपछि पुनः काठमाडौं फिर्ता हुने बताइएको छ।
पलको साथमा बहिनी रोशनी पनि संगै गएकी छिन् । आफ्नो जीवनमा घटेको एक घटनाका कारण जेल जीवन बिताइरहेका पलले केही हप्ता अघि मात्रै सफाई पाएका थिए। जेल जीवन मुक्त भएपछिको यो कार्यक्रम पलको पहिलो कार्यक्रम हो।
उनी कार्यक्रममा गएपछि उनका फ्यानहरु खुशी भएका छन् । उनी विस्तारै आफ्नै दैनिकीमा फर्किन लागेका छन्। लगत्तै पलले म्युजिक भिडियोको यात्रालाई पनि अघि बढाउँदैछन् ।