अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकप २०२२ को उपाधि जित्दा रहेका टिमका सहकर्मीहरुलाई गोल्डेन आइफोन उपहार दिएका छन् । मेस्सीले टिमका सहकर्मी र स्टाफहरुलाई गरी ३० जनालाई आइफोन उपहार दिएको ‘दी सन’ले उल्लेख गरेको छ ।
मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले सन् २०२२ को कतार विश्वकपको उपाधि जितेको थियो । उक्त खेलमा मेस्सी उत्कृष्ट खेलाडी घोषित भएका थिए । त्यसैको सम्झना स्वरुप सबै टिमका खेलाडी र स्टाफलाई उनले आइफोन बाडेका हुन् ।
मेस्सीले दिएको आइफोनमा जनु खेलाडीलाई दिएको उनको नाम र नम्बर सहित अर्जेन्टिनाको लोगो पनि राखिएको छ । उक्त फोनमा कथित रूपमा एएफए लोगोको साथ प्रत्येक व्यक्तिको नाम कुँदिएको हुनेछ। आइडिजाइन गोल्डका सीईओ बेनले दी सनसँग कुरा गर्दै मेस्सी उनीहरूको राम्रो ग्राहक भएको खुलासा गरेका छन्।