• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १०, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      ४ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ४ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ५ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ६ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ६ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      २ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १०, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    चितुवाले लतारेर लगेको मान्छेलाई कुकुरले बचाएपछि

  • बुटवल दैनिक
  • २०७९ फागुन ९, मंगलबार (७ महिना अघि)
  • ४९१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बझाङ — हुम्लाको सिमिकोट गाउँपालिका ७, पाग्लातुमका राजमल शाही अरु दुई जना साथीहरूसहित भेडा ल्याएर अछामबाट बझाङतर्फ आउँदै थिए । अछामको टुका भन्ने ठाउँबाट बिहान झिसमिसेमै हिँडेका उनीहरू शनिबार दिउँसो बझाङको खप्तडछान्ना गाउँपालिकाको गडराय प्रवेश गरे ।

    फेसबुकमा पछ्याउनुहोस्

    २ सय ५० भेडाको लस्करको अग्रभागमा राजमल हिँडिरहेका थिए । उनका दुई जना साथीहरू भेडाको बथानको पुछारमा थिए । मध्य भागमा दुईवटा कुकुर थिए । खप्तड राष्ट्रिय निकुञ्जको फेदीमा पर्ने गडरायकै काडातोला भन्ने ठाउँ पुग्दै गर्दा राजमल र केही भेडाहरू डाँडो काटेर ओरालो लागिसकेका थिए । उनका साथीहरू र कुकुर डाँडा पारी आउँदै थिए । २८ वर्षीय राजमल बाटो छाडेर तलमाथी गएका भेडाहरूलाई बाटोमा फर्काउँदै थिए । आफूभन्दा करिब ६/७ मिटर तलबाट चितुवा गर्जिएको आवाज उनले सुने । त्यो उनी भएतिर आउन खोज्दै गरेको शाहीले पत्तो पाए ।

    ‘शरीरमा गोलो गोलो बुट्टा थियो । मलाई देख्नेबित्तिकै ह्वाँ गर्दै कराएर झम्टिहाल्यो’ चितुवाको आक्रमणबाट बाँच्न सफल राजमलले भने, ‘भागौँ भनेर अर्कोतिर फर्किन पनि पाएको थिइनँ । सेकेन्डभरमै आएर मेरो दायाँ पाखुरा समात्यो ।’

    चितुवाले झम्टेपछि त्यहाँबाट उठाएर आफूलाई ३/४ मिटर तल फालेको र त्यसरी फाल्दा दायाँ पाखुराको मासु लुछिएको उनले बताए । ‘फालेको ठाउँमा आएर फेरि बायाँ पाखुरामा समात्यो । त्यसपछि घिसार्दै लगेर १२/१४ मिटर तलको खोलामा फाल्यो । ढुङ्गा मात्रै भएको भए त त्यहीँ खोलामै मरिहाल्थेँ होला । बाच्न लेखेको रहेछ,’ उनले भने । त्यति माथिबाट खोलामा फाल्दा समेत पानी जमेर ताल जस्तो ठाउँमा परेका कारण आफूलाई थप चोट लाग्न नपाएको उनले बताए । पानीको तालमा परेर चितुवाले नसमातेर केहीबेर वरिपरि फन्को लगाएको बताए ।

    यतिन्जेल उनका टाठा कुकुरले मालिकमाथि आक्रमण भएको थाहा पाइसकेका थिए । दुवै कुकुर हुर्रिंदै आएर चितुवालाई आक्रमण गरे । दुईवटा कुकुर र चितुवाबीच झन्डै १५ मिनेटजति लडाइँ चल्यो । ‘चितुवा मलाई समाउनलाई आउन खोज्थ्यो । दुवै कुकुर सँगै भएर चितुवालाई झम्टिन्थे । कुनै हालतमा पनि चितुवालाई म नजिक आउन दिएनन्,’ राजमलले भने, ‘दुवै कुकुर पनि घाइते भएका छन् । त्यति छिटो कुकुर नपुगेको भए मलाई चितुवाले त्यहीँ मारिहाल्थ्यो । भगवान्को रुपमा कुकुर आएर मलाई बचाए ।’ कुकुरको पछि–पछि आएका उनका साथीहरू पनि चितुवा भएको ठाउँमा आइपुगेपछि चितुवा भागेको र साथीहरूले आफ्नो उद्धार गरेको उनले बताए ।

    कुकुरकै कारण राजमलको ज्यान जोगिएकोमा उनका परिवारका सदस्य खुसी भएका छन् । ‘कुकुर नभएको भए भाइको ज्यान जोगिने थिएन,’ उनका दाइ यज्ञबहादुर शाहीले भने, ‘पशु भएर पनि कुकुरले हाम्रो परिवारको खुसी बचाइदियो । यी कुकुरले हाम्रो परिवारलाई ठूलो गुन लगाए ।’ उनले दुवै कुकुर ५ वर्षदेखि भेडासँग हिँड्ने गरेको र चौबिसै घण्टा भेडाको पहरा दिने गरेको बताए ।

    शनिबार काडातोलाबाट उद्धार गरेर खप्तडछान्नाको स्थास्थ्यचौकीमा प्राथमिक उपचार गरेका शाहीलाई सोमबार मात्रै थप उपचारका लागि जिल्ला अस्पताल बझाङ ल्याइएको छ । उनको दुवै हात, पाखुरा र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । हात र पाखुराको हड्डी चर्किर्एको छ । उनको अवस्था खतरामुक्त रहेको चिकित्सकहरूले बताएका छन् । ‘चोट पटक धेरै लागेको भए पनि उनको अवस्था खतरामुक्त छ,’ जिल्ला अस्पतालका प्रमुख डाक्टर नवराज जोशीले जिल्ला अस्पतालमा नै उनको उपचार गरिने बताए ।

    बझाङमा पछिल्लो समय बस्ती नजिकै चितुवाहरू देखिन थालेका छन् । गत माघ २८ गते जयपृथ्वी नगरपालिकाको नाउली नमादेउ सामुदायिक वनमा थलारा गाउँपालिका ९ का धनबहादुर विष्टका १० वटा बाख्रा चितुवाले आक्रमण गरेर मारेको थियो । दिउँसै चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयहरू घाँस दाउरा गर्न जंगलमा जाँदा त्रसित हुन थालेको खप्तडछन्ना गाउँपालिका ९का स्थानीय मंगलबहादुर खड्काले बताए ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑