डोटी । डोटीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा आदर्श गाउँपालिका वडा नम्बर ३ की ४२ वर्षीया बसन्ती भट्ट रहेकी छन् । उनको मंगलबार दिउँसो घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो।
गाऊ नजिकैको खोलामा घाँस काट्दा भिरबाट लडेर ६ घन्टा पछि उनी मृत अवस्थामा भेटिएको स्थानियले बताएका छन् । उनको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कर्यालय डोटीले जनाउको छ । भने प्रहरकिा अनुसार यस विषयमा बुझ्ने प्रयास भइरहेको छ ।
यो पनि: करेन्ट लागेर पोखरामा एक जनाको मृत्यु, पोखरा – पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पोखरा १६ दीपका १९ वर्षीय श्रम गुरुङको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरको छतमा गएका बेला हाइटेन्सन लाइनबाट करेन्ट लागेर मृत्यु भएको कास्की प्रहरीको भनाइ छ । करेन्टका कारण गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि मनिपाल शिक्षण अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनलाई मृत घोषणा गरिएको हो ।