पहिरो खसेपछि अवरुद्ध चितवनको नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो र पुरिएका गाडीहरू हटाइएपछि बेलुका ७:२५ बजे दुईतर्फी सडक खुला भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।
नारायणगढ-मुग्लिन सडकअन्तर्गत पर्ने जिल्लाको इच्छाकामना गाउँपालिका ६ नाग्दी खोला नजिकै शनिबार अपराह्न साढे ५ बजे सुख्खा पहिरो खसेको थियो ।
पहिरोमा माइक्रोबस र कार पुरिएका थिए । केही यात्रु घाइते भएका थिए । Ekantipur बाट साभार
अर्को समचार पनि हेर्नुहोस
प्राविधिकबाट निरीक्षण सकेका घरहरूको अनुदान नपाउँदा पीडितहरूले डकर्मी र निर्माण सामग्री खरिदको रकम भुक्तानी गर्न कठिनाइ झेल्दै आएका छन् । ‘चुनाव प्रचारमा जाँदा पनि जनताले किस्ताको बारेमा सोधपुछ गर्छ; चुनाव सकिएपछि पनि दिनहुँ वडा कार्यालयमा किस्ता नपाएकै गुनासो लिएर आउनेहरूको संख्या बढेको छ‚’ रामेछाप नगरपालिका ८ का वडाध्यक्ष सन्तोष तामाङले भने‚ ‘जनप्रतिनिधि हुनेबित्तिकै नागरिकको समस्या समाधानका लागि जिल्ला दौडन थालेको छु ।’
तामाङ मात्र होइन, जिल्लाका अधिकांश वडामा निर्वाचित जनप्रतिनिधिको सबैभन्दा ठूलो समस्या नै भूकम्पको किस्ता नपाएको भन्ने गुनासो समाधान गर्नु रहेको छ । मन्थली १२ का वडाध्यक्ष खिलेन्द्रबहादुर खत्री भन्छन्‚ ‘अरु काम एकातिर, भूकम्पको किस्ताको काम एकातिर बराबरजस्तै छ । उनले नागरिकले घर बनाएको वर्ष दिन कट्दा पनि अनुदान पाउन नसकेकोमा चिन्ता व्यक्त गरे ।
२०७२ सालको विनाशकारी भूकम्पमा परेर भत्किएका घरको पुनर्निर्माणका लागि रामेछाप जिल्लामा विश्व बैंकले सहयोग गर्दै आएको छ । अनुदान वितरणको काम गर्ने जिम्मेवारी पाएको सघन शहरी तथा भवन निर्माण विभाग रामेछापका आयोजना प्रमुख सुरेशकुमार वाग्लेले वैदेशिक स्रोत फुकुवा नहुदा किस्ता वितरणमा ढिलाइ भएको बताए ।