रिया बस्नेत क्षेत्री,
रुकुम जिल्लामा जनसंख्या कम र क्षेत्रफलकाे हिसावले निकै ठुलाे भएकाे कारण उक्त जिल्ला पर्व र पश्चिम गरि दुई जिल्लामा बिभाजन भएकाे छ । बिभाजन पश्चात् रुकुम पर्वकाे जिल्ला अस्पताल सञ्चालमा आएकाे १ बर्षमा ५० शैयामा स्तरउन्नकाे लागि ईन्फाइन्सट्रकचर बन्दै छ ।
उक्त अस्पतालकाे स्ट्रकचरकाे १५ कराेडकाे टेण्डर रहेकाे छ भने २० करेाड हाराहारि लाग्ने अनुमान गरेकाे ईन्जिनियर कृष्ण बाेहाेराले बताए । उक्त अस्पतालकाे भवन ठेक्का खड्का पिएस जेभी कम्पनिले लिएकाे हाे । २०७८ बैशाखमा भएकाे ठेक्का समझाैता २०८० साउन सम्म समापन गर्नु पर्ने सम्झौता रहेकाे उनले बताए ।
साेहि अस्पताल निरिक्षण गर्न स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारु शुक्रवार पुर्वि रुकुमकाे जिल्ला अस्पतालमा पुगेका थिए । साेहि अस्पतालकाे निरिक्षण गर्दै मन्त्री थारुले अस्पतालकाे भवन निर्माणमा कुनै पनि ढिला सुस्ति नगरि समझाैता समय अबिधि भित्रनै समापन गर्न निर्देशन दिए । अहिले अस्पतालकाे काम २० प्रतिशत मात्रै भएकाे छ ।
पुर्वीरुकुम हिमाली जिल्ला त्यसमाथी दुर्गम भएकाे कारण स्वास्थ शिक्षा यातायात लागायतकाे अभावले जाे कुनै कर्मचारी पनि दुगर्म ठाउँमा सरुवा भएर आउँन खाेज्दैनन तर यसकाे व्यवस्थापनकाे लागि लुम्बिनी प्रादेशिक अस्पताल ,तुल्सीपुर अस्पताल र विभिन्न मेडिकल कलेजका डाक्टरहरुलाई तीन महिना दुर्गम जिल्लामा आएर सेवा सुबिधा दिने कार्यबिधि मन्त्रालयले तयार पारेका मन्त्री थारुले बताए ।
दुर्गम ठाउँका अस्पतालहरुमा दक्ष जनशक्तिकाे अभाब भैरहेकाे कारण जनताले प्रयाप्त पाउँनु पर्ने सेवा सुबिधाबाट बञ्चित भएकाे बिषयलाई मध्यनजर गर्दै मान्त्रालयले दरबन्दीकाे लागि लाेकसेवा सगँ पनि समन्वय गरि कर्मचारी पुर्ति गर्ने बिषयलाई जाेड दिएका छाै साथै जनशक्ति कमि हुन नदिनकाे लागी करारमा भए पनि कर्मचारी राखेर सेवा प्रवाह गर्ने याेजना बनाएकाे मन्त्री थारुले बताए । व्यबस्थापनमा कुनै पनि कमि कमजाेर नगरी राज्यले नि:शुल्क रुपमा दिएकाे सेवा सुबिधालाई नियमित सेवा प्रवाह गर्नुपर्ने बताए डाक्टर भनेकाे जनसेवक हुन जनतालाइ सेवा प्रवाह गर्ने उनिहरुकाे मुख्य कर्तव्य रहेकाे बताउँदै अस्पतालका सम्पुर्ण कर्मचारी तथा अस्पताल व्यबस्थापन समितिलाई जनसेवामा कुनै कमी नगर्न समेत मन्त्रीले निर्देशन दिए ।
सरकारि क्षेत्रका अस्पतालहरुमा निकै लापर्वाहि र ढिला सुस्ति भएकाे धेरै देखिन्छ दक्ष र स्वास्थ जनशक्ति उत्पादनमा बिशेष जाेड दिने बिषयमा अस्पतालकाे पनि मुख्य भुमिका रहेकाे हुन्छ ।दक्ष आधारभुत स्वास्थ र शिक्षाले समृद समाज निमार्ण गर्न अस्पताल कर्मचारी सञ्चालक समिति सबैले महत्त्वपुर्ण भुमिका खेल्नु पर्ने मन्त्री थारुले बताए ।
अहिले अस्पताल पुरानै भवनमा सञ्चालन भईरहेकाे छ । अहिले १५ बेड मात्रै सञ्चालन भएकाे जिल्ला अस्पतालमा २४ अैँ घण्टा ईमर्जेन्सी सेवा ल्याव, प्रसुति सेवा ऐक्सरे ,आईपिडि सुरक्षित मातृत्व सेवा ओसिएमसि ,डट्स ,ओपिडि सुरक्षित गर्वपतन सेवा स्वास्थ बिमा, निशुल्क एम्बुलेन्स सेवा , आँखा उपचार लगायतकाे सेवाहरु सञ्चाल भएकाे बताउँदै आगामी दिनमा सामाजिक सेवा ईकाई र ईएचआर सेवा पनि सुरु गर्ने अस्पतालका निमित्त प्रमुख सपना बिकले बताईन ।