विवश विष्ट, गुल्मी ११ जेठ ।
जिल्लाको पश्चिमी गाउँपालिका मदाने गाउँपालिकाले विद्धुत न्युनतम महशुल र गर्भवतीलाई यातायात खर्च पालिकाले बेहोर्ने भएको छ । प्रत्येक घरधुरीको २० युनिट सम्मको विधुत महशुल पालिकाले बेहोर्ने भएको छ । बुधबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै मदानेका विभिन्न स्थानमा रहेका बर्थिङ सेन्टरमा गर्भवती हुन नसकेका महिलालाई सुविधा सम्पन्न अस्पतालसम्म पुर्याउन यातायात खर्च पनि गाउँपालिकाले बेहोर्ने निर्णय गरेको हो ।
मदाने गाउँपालिकामा भष्ट्रचार न्युनिकरण गर्दै शुन्य भष्ट्रचार गाउँपालिका निर्माणका लागि पनि अगाडि बढिरहेको अध्यक्ष महेन्द्र कुवरले जानकारी दिए ।
बुधबार गाउँपालिका कार्यालयमा अध्यक्ष,उपाध्यक्ष लगायत वडा अध्यक्षसहितको बैठकले जनचाहना अनुसार काम गर्नुपर्नेमा सबैले जोड दिएका छन ।