परीक्षाको तयारी गरिरहेका एक विद्यार्थीले केटीका कारण आत्महत्या गरेका छन् । भारत, राजस्थान, जयपुरमा रेलको अगाडि हामफालेर आत्महत्या गरेका छन् ।
मृतकले आत्महत्या गर्नुअघि अडियो म्यासेज रेकर्ड गरेर साथीलाई पठाएका थिए । म्यासेजमा उनले खतीपुरा रेलवे स्टेशनमा रुँदै आत्महत्या गर्न लागेको कुरा बताइरहेका छन् ।
छोरालाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै बन्दीकुईकी एक युवती र उनको परिवारविरुद्ध विद्यार्थीका परिवारले मुद्दा दर्ता गरेको छ । घटना बिहीबार साँझ करिब ५ः३० बजे भएको हो ।
जयपुरका २५ वर्षीय राहुल जाटवले प्रेमिकासँग रिसाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो पोष्टमार्टमपछि शव आफन्तलाई बुझाइएको छ ।
साथीलाई पठाएको म्यासेजमा राहुलले अभिभावकलाई २० मिनेटपछि सन्देश पठाउन भनेका थिए । त्यसपछि अबेर राति सुसाइड नोटका आधारमा मृतकका बुवाले खोह नागोरिया प्रहरी चौकीमा आत्महत्या गर्न दुरुत्साहन गरेको उजुरी दिएका हुन् । प्रहरीले आशा विहार लुनियावास खोह नागोरिया निवासी राहुल जाटवका बुबा पतिराम निजी कलेजमा पुस्तकालय कर्मचारी रहेको बताएको छ ।
राहुल कोटामा नीटको तयारी गर्दै थिए । राहुल बिहीबार साँझ ५ः३० बजे खातिपुरा रेलवे स्टेशन पुगेका थिए । रेलवे ट्र्याकमा रेल आएको देखेर उनले हाम फालेर आत्महत्या गरे ।
युवकले आत्महत्या गरेको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । केही समयपछि परिवार पनि त्यहाँ पुग्यो । प्रहरीले घटनास्थलको निरीक्षण गरी प्रमाण संकलन समेत गर्यो ।
अडियो सन्देशमा राहुलले प्रिया र उनको परिवारले आफूलाई धेरै यातना दिइरहेको बताएका छन् । मृतकका अनुसार प्रियाले आत्महत्या गरेर उनलाई फसाउने धम्की दिइरहेकी थिइन् ।
उनले भने, ‘म यस्तो केहि गर्न चाहन्न, तर मैले गर्नुपर्छ । म यी मानिसहरूको यातना देखेर दुखी छु । म आत्महत्या गर्दैछु । १५ देखि २० मिनेटपछि मेरो सन्देश मेरा अभिभावकहरूलाई पठाउनु । आमा बुवा बाहेक अरू कसैलाई नपठाउनु ।’
मृतकका बुबा पतिरामले बन्दीकुई निवासी प्रिया जगिद, उनका बुबा दिनेश, आमा पुष्पा, भाइ जीतराम, काका बाबूलाल र काकी गीताविरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको उजुरी दिएका छन् ।
उनले विगत एक वर्षदेखि राहुल कोटामा बसेर नीटको तयारी गरिरहेको बताए । केही समयदेखि राहुल र प्रिया मोबाइलमा कुरा गर्थे ।
मृतकका बुबा पतिरामले मे ११ मा परिवारका सदस्यलाई नभनेर प्रिया राहुलको कोठामा आएको बताए । राहुलले सम्झाएपछि उनी २ दिन बसेर घर फर्किइन् ।
१८ मे मा राहुलले उनलाई फोन गरेर भने, ‘बुवा, म प्रियाको घरमा छु, यिनीहरूले तपाईंलाई बोलाउँदैछन् ।’ छोराले डाकेपछि पतिराम श्रीमती र ज्वाइँ रवीन्द्रसहित त्यहाँ पुगेका थिए । राहुल निकै डराए । सोध्दा उनले प्रिया र उनको परिवारले निकै यातना दिएको बताए ।
उनीविरुद्ध मुद्दा हाल्ने धम्की पनि दिइएको रहेछ । प्रियाका परिवारसँग कुरा गरेपछि राहुलले लिखित माफी मागे । त्यसपछि राहुललाई घर ल्याइयो । मे १९ मा प्रिया र उनको परिवारले राहुललाई फोन गरेर धम्की दियो ।
८ लाख देउm नत्र मुद्दा हाल्छु भनेर पटक–पटक धम्की दिने गरेको पाइएको छ । । तिमीलाई जेल पठाइदिन्छु भनेर पनि डर देखाउने गरेका थिए ।
राहुललाई फोन गर्नुका साथै ८ लाख लिएर बन्दीकुई आउन भनिएको थियो । त्यसपछि राहुलले आत्महत्या रोजेका हुन् । ८ लाख नबुझाए बलात्कारको मुद्धा हाल्छु भनेपछि उनीले यो बाटो रोजेको आरोप छ । janaboli बाट साभार