विवश विष्ट गुल्मी ,
काठमाडौंको मेयरमा बालेन शाहको अहिलेको जुन खालको प्रस्तुति भईरहेको छ त्यो ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती भएको बताएकी छन् । काठमाडौंको मेयरमा स्वतन्त्रका उम्मेदवार बालेन शाह नेपाली समाजको जबरजस्तक प्रवृत्तिको प्रतिनिधिको हिसाबले निस्किएको बताएकि हुन । गुल्मीको मदानेमा आयोजित एक कार्यक्रममा बोल्दै शहरी विकास मन्त्री तथा एकीकृत समाजवादी केन्द्रीय सचिव रामकुमारी झांक्रिले गृह जिल्ला पुगी यस्तो प्रतिक्रिया दिएकी हुन ।
उनले गठबन्धन को चर्चा गर्दै निकै कठिन परिस्थितिमा उदाएको गठबन्धनको झण्डा निकै लामो समय सम्म अगाडि बढ्ने बताएकी छन । निर्वाचित भई सार्वजनिक पद धारण गरेका जनप्रतिनिधिहरुका सिमित कार्यहरु हुन्छन त्यसैले सोही सिमित काम गर्न सके विकासमा फड्को मार्ने बताउदै सक्दो विकासका सिमित कार्य जनचाहना अनुसार गर्न आग्रह गरिन ।
गुल्मीका स्थानिय तहहरुमा प्रदेश र संघको साझेदारीमा विकासका योजना पारी विकास निर्माणमा कार्य गर्ने बताएकी छन । ग्रामिण अर्थतन्त्रलाई प्रभाव पार्ने किसिमले मदानेमा विभिन्न ड्रिम प्रोजेक्टका कार्यहरु गरिने बताइन् । पालिकामा घोषणापत्र बनाउनु भनेको बेलुनमा हावा भरि उडाए जस्तो संज्ञा दिदै स्थानिय तह संचालन एेनमा रहि काम गर्न सके नमुना स्थानिय तह बन्ने कुरामा दुईमत नहुन आग्रह गरिन । सालझण्डी ढोरपाटन सडक खण्डको ड्रिम प्रोजेक्टलाई निरन्तरता दिदै यस्ता थुप्रै ड्रिम प्रोजेक्टका कार्यक्रमहरु यसबर्ष रहेको हुदा तेस्ता कार्यक्रम हुन बताएकी छन । गुल्मी सदरमुकाममा सभाहल, व्यवस्थित सडक निर्माण लगायतका कार्यक्रमहरु अगाडि बढिसकेको बताएकी छन ।