कपा एमालेको इतिहासमा बुटवलले धेरै प्रभावशाली नेता उत्पादन गरेको छ । एमाले पार्टीको लुम्बिनी प्रदेश कार्यालय पनि बुटवलमै छ । एमालेका कार्यकर्ताहरुको भनाइमा बुटवलमा २०५४ यता नेकपा एमालेको एकछत्र ‘राज’ चलेको ठाउँ हो । एमालेले बुटवललाई गर्वका साथ आफ्नो ‘लाल किल्ला’ भन्ने गर्दछन्।२०७४ को स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनावमा पनि एमालेले मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेसलाई ‘क्लिन स्वीप’ गरेर बुटवललाई एमालेको गढ साबित गरेको थियो । तर, हालै सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेको त्यो इतिहास उल्टिएको छ ।
अहिले नेपाली काँग्रेसका खेलराज पाण्डेय बुटवल उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएका छन् । यतिमात्र होइन, बुटवलका अधिकांश वडा पनि नेपाली काँग्रेसले जितेको छ । आगामी पाँच वर्षका लागि बुटवल उपमहानगरले काँग्रेसको नेतृत्व पाएको छ ।बुटवल उपमहानगरपालिकाकाे प्रमुखमा ७ हजार ५३३ मतान्तरले नेकपा एमालेका बाबुराम भट्टराईलाई पराजित गर्दै पाण्डेले जित हासिल गरेका हुन्। यसअघि २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २ हजार ३९८ मतान्तरले पराजित भएका पाण्डेले यो पटक जितेर बदला लिएका छन्। पाण्डेले ३० हजार १३०मत ल्याउँदा उनका प्रतिद्वन्द्वी भट्टराईले २२ हजार ५९७ मत ल्याएका छन्।
उपमेयरमा नेकपा एमालेका सावित्रा अर्याल विजयी भएकी छन्। उनले गठबन्धनका चिनबहादुर गुरुलाई ७ हजार ९२४ मतान्तरले पराजित गरिन्। अर्यालले २४ हजार ९०४ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका गुरुङले १६ हजार ९८० मत ल्याइन्।
बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ। यसैगरी एमालेले वडा नं ११, १०, १४, १८ र १९ जितेको छ। नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक-एक वडा जितेका छन्।
बिगतलाई नियाल्दा एमाले र काङ्ग्रेसकाे ठुलाे प्रतिस्पर्धा तर २५ वर्षपछि नेपाली कांग्रेसले एमालेकाे लाल किल्ला भत्काउदैँ आफ्नो शाख फर्काएको छ ।
बुटवल उपमहानगरपालिकामा २०४९ मा कांग्रेसका मेयर सुर्य प्रसाद प्रधान र उपमेयर रामप्रसाद खनाल सहित काङ्ग्रेसले १२ वटा वडामा शानदार जित हासिल गरेकाे थियाे भने एमालेले ३ वटा वडामा मात्रै विजयी हासिल गरेको थियो।
२०५४ मा भने एमालेबाट भोजप्रसाद श्रेष्ठ मेयर र विमलबहादुर शाक्य उपमेयर सहित एमालेले १२ वटा वडामा विजयी हासिल गरेको थियो भने २ वडा मात्रै कांग्रेसले जितेको थियो बाकि १ वडा भने स्वतन्त्र उम्मेदवारले जितेका थिए।
२०५४ यता स्थानीय निकायको चुनाव भएन। राजनीति उतारचढावकाे कारण करिव २०बर्ष पश्चात २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमाले पुन उदायाे मेयर–उपमेयर सहित १६ वडा एमाले एक्लै जित हासिल गरेकाे थियाे । कांग्रेसले भने ३ वडा मात्रै जितेको थियाे।
२०६४ र २०७० को संविधानसभामा निर्वाचनमा एमाले उपमहासचिव विष्णु पौडेलले बुटवल (तत्कालीन रूपन्देही क्षेत्र नम्बर ४) बाट निरन्तर निर्वाचन जितेका थिए भने २०६४ को निर्वाचनमा ३ हजार मतले जितेका पौडेलले २०७० को निर्वाचनमा ६ हजार भन्दा बढी मत अन्तरले तत्कालिन माओवादी केन्द्रका नेता डा.बाबुराम भट्टराईलाई पराजित गरेका थिए।
एमालेले हार व्याेहाेर्नुकाे मुख्य कारण ;-
लामो समयपछि बुटवललाई नेकपा एमालेले गुमाएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले भने एमालेलाई फेरि ३० वर्ष पछाडिको अवस्थामा धकेलेको छ ।उपमहानगरपालिकाका १९ मध्ये जम्मा ४ वटा वडामा मात्र एमाले खुम्चिएको छ । एमालेको जनाधार यसरी खुम्चिनुका कारणबारे एमालेकै कार्यकर्ताहरु विभिन्न कारणलाई औंल्याइरहेका छन् ।
मुख्यत बुटवलबाट राजधानी सार्ने निर्णय, बुटवलको सडक निर्माणमा भएको ढिलाईले जनतालाई सास्ती दिने, चुनाव जितेपछि एमालेका नेताहरु अहंकारी बन्दै जनताका कामलाई ध्यान नदिनुजस्ता कारण यस पटक बुटवलमा एमाले पराजित भएको एमाले जिल्ला सचिवालय सदस्य तथा पार्टीका क्षेत्र नम्बर २ का संयोजक बाबुराम पन्थीले बताए ।
उनका अनुसार एमाले नेतृत्वमा बनेको दुई तिहाई बहुमतको सरकारलाई पूर्ण कार्यकाल चलाउन नसक्नु, बुटवलका विभिन्न परियोजना सम्पन्न हुन नसक्नु, मुख्य राजमार्गको बेहाल, सुकुुमवासी बस्तीको समस्या समाधानमा उदासीन जस्ता कारणले एमालेको लोकप्रियता घटेको हो ।यस अतिरिक्त खानेपानी समस्या, फोहोर व्यवस्थापन तथा तिनाउ दानव करिडोरका नाममा नागरिक विस्थापित गराउन खोजेको आरोप पनि एमालेमाथि लागेको छ ।