गुल्मी २६ बैशाख ।
सत्ता गठबन्धन मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ्गको विशाल आमसभा सम्पन्न भएको छ । आइतबार पाँच दलिय गठबन्धनको संयुक्त चुनावी आमसभा भएको हो ।
नेकपा माओवादी केन्द्र अग्लुङ्गका अध्यक्ष रामवोली चन्दको सभाध्यक्षमा भएको विशाल आमसभामा नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेशका उपाध्यक्ष भुवन प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता तथा विशेष अतिथिमा नेपाली काङ्ग्रेस पुर्व गुल्मी जिल्ला सभापति तथा महाधिवेशन प्रतिनिधि त्रेलोक्य प्रताप सेन, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य भरत चन्द र नेकपा माओवादी केन्द्र गुल्मी जिल्ला संयोजक बुद्धि जिसीको विशेष आतिथ्य रहेको थियो ।
यस्तै अतिथिहरुमा नेपाल प्राध्यापक संघ केन्द्रीय सदस्य विष्णु पन्थी , नेपाली काङ्ग्रेस प्रतिनिधि सदस्य काशि बहादुर बोहोरा, नेकपा माओवादी केन्द्र लुम्बिनीका सल्लाहकार अग्निधर चन्द, नेकपा एकीकृत समाजवादी जिल्ला सचिवालय सदस्य तथा शहरी विकास मन्त्रीका स्वकिय सचिव विमल भट्टराई, नेपाली काङ्ग्रेस मदाने गाउँपालिका सभापति तथा गाउँपालिका अध्यक्ष उम्मेदवार महेन्द्र बहादुर कुवर, नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा गाउँपालिका उपाध्यक्ष बेगम चन्द, नेकपा माओवादी केन्द्रका मदाने गाउँपालिमा उपाध्यक्ष प्रेम कुँवरको उपस्थित रहेको थियो ।
यस्तै नेपाल निजामती कर्मचारी संघका केन्द्रीय सदस्य नवीन पन्थी, प्रेस सेन्टर नेपाल रुपन्देहीका सदस्य तथा बुटवल दैनिकका सम्पादक विवश विष्ट, नेपाली काङ्ग्रेस प्रदेश सदस्य बोम बहादुर कुँवर तथा कमला चन्द, गिता पन्थी, तथा प्रदेश सहसचिव कमल खड्का,नेपाली काङ्ग्रेस मदाने गाउँपालिका कोषाध्यक्ष विजय चन्द, मदाने काठमाडौ सम्पर्क समिति अर्जुन भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्र गोपाल चन्द, नेपाली काङ्ग्रेस मदाने १ का वडा अध्यक्ष उम्मेदवार सुशील चन्द लगायत वडा सदस्य उम्मेदवार तथा विभिन्न दलका पार्टी प्रतिनिधिलगायतको उपस्थित रहेको थियो ।
आमसभामा मदाने गाउँपालिका वडा नम्बर १ का उम्मेदवार सुशील चन्दले आफ्ना प्रतिबद्धता व्यक्त गरेका छन । उनले ५ बर्ष पछि धकेलिएको र त्यो धकेलिएको ५ बर्ष फर्काउन आफ्नो उम्मेदवारी दिएको बताएका छन् । अग्लुङ्गको विकास र परिवर्तनका लागि आफुलाई जिताउनै पर्ने अनुरोध गरेका छन् । वर्तमानमा ६ महिना हिड्ने मोटरगाडीलाई विस्तार गर्दै फराकिला नालि सहितका ग्राभेल सडक निर्माण गरि बाह्रै महिना गाडी संचालन गरिने उनले बताए ।
यस्तै आमसभामा नेपाली काङ्ग्रेस मदाने गाउँपालिका कोषाध्यक्ष विजय चन्द, लोक बहादुर घर्ती, नेपाल प्राध्यापक संघ केन्द्रीय सदस्य विष्णु पन्थी लगायतले मन्तव्य राखेको सो कार्यक्रममा मदाने गाउँपालिका अध्यक्ष पदका उम्मेदवार महेन्द्रबहादुर कुँवर र उपाध्यक्ष पदका उम्मेदवार बेगम चन्दले आफ्नो उम्मेदवारीको प्रतिबद्धता जनाएका छन । अध्यक्ष उम्मेदवार कुँवरले आफु बोलेर भन्दा पनि गरेर देखाउने बताए । आफुहरुलाई मतदान गरि जिताएको अवस्थामा जनताको घरदैलोमा सेवासुविधा आउने तर अन्य राजनिती पार्टी लाई जिताएको अवस्थामा फाइल बोकेर सदमुकाम तम्घास धाइरहनु पर्ने अवस्था सिर्जना हुने जानकारी गराए ।
पालिका उपाध्यक्ष उम्मेदवार बेगम चन्दले जनताको चाहाना अनुसार, जनताको प्राथमिकतामा राखेर योजना बनाइने बताए ।आफुहरुले मनपरि काम गर्न विजयी भएको भन्दै नेकपा एमालेले विपक्षलाई कुनै जानकारी नगराई ५ बर्ष सम्म एकलौटी काम गरेको गुनासो पोखे । हरेक योजनामा कमिसन खाएर हुने कार्यको तितो यथार्थ तोड्दै मदानेमा रोजगार मुलक योजना छनोट गरिने बताए । गरिब दुखि श्रमजिवि तथा दुर्गम गाउँका व्यक्तिहरुको हितलाई केन्द्रमा राखेर जनताको हितमा काम गर्ने, शुसासन कयम गरेर तिव्र गतिमा मदानेलाई हाक्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
नेकपा माओवादी केन्द्र गुल्मी जिल्ला संयोजक बुद्धि जिसीले नेकपा एमालेको सभाको उपस्थिति र गठबन्धनको उपस्थितको तुलना गर्दा नै अग्लुङ्ग सुर्य अस्ताउन लागेको संकेत गरेका छन । अग्लुङ्गमा आफुहरुले थुप्रै विकास गरेको तर अरुले त्यसको भ्रमको खेती गरेर गलत कदम चालेको बताए ।उनले भने, “मदानेमा शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्छौ भनेको नेकपा एमाललेका उम्मेदवार भई जनप्रतिनिधि बनेका साथिहरुले अग्लुङ्गमा कक्षा ११, १२ बनाउन नसक्नु दुखद कुरा हो तर हामी आज भन्छौं यहाँको गठबन्धनलाई विजयी गराउनुस यहाँका विद्यार्थीहरुको सहजका लागि गुणस्तरीय सहित प्लस टु यही अग्लुङ्ग माविलाई बनाउने छौँ ” । एमालेले वृद्ध भत्ता लिएको कार्य स्विकार्दै अबको जेठ १५ बाट गठबन्धनको सरकारले १ हजार थपेर ५ हजार बनाउने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य भरत चन्दले आफू जन्मेको ठाउँको लागि धेरै काम गरे तर कसैले चिन्न सकेन भन्दै फेरि एकपटक जनताले चिन्ने मौका मिलेको बताए । अग्लुङ्गको शिक्षामा, स्वास्थ्य तथा सडकमा धेरै विकास गरिसकेको बताएका छन । उनले यसपालि गठबन्धनलाई विजयी गराउन आग्रह गरे ।यसपालि गठबन्धन नजिते, यहाँका जनताले आफुलाई फेरि पनि चिन्न नसके अग्लुङ्गमा कहिल्यै नफर्कने घोषणा गरेका छन । उनले यसपालि जनताले चिनेर मात्र मतदान गरि गठबन्धनलाई विजयी गराउने कुरामा पुर्ण विस्वस्थ रहेको बताए ।
नेपाली काङ्ग्रेस पुर्व गुल्मी जिल्ला सभापति तथा महाधिवेशन प्रतिनिधि त्रेलोक्य प्रताप सेनले आमसभामा जनताले नेपाली काङ्ग्रेसले गरेका कार्यलाई मनन गरनुपर्नेमा जोड गरे । राजनितीमा लागेको ५ दशक पुगेको अनुभव सुनाउदै उनले गठबन्धनले यसपटक गाउँपालिका र यश अग्लुङणगमा विजयी हुने कुरामा ढुक्क रहेको बताए ।
नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेशका उपाध्यक्ष भुवन प्रसाद श्रेष्ठले सोचे जस्तो विकास नहुनुको कारण नै आफ्नो टिमलाई विजयी नगराउनु बताए । जनताका सुख दुखका काम गर्ने भनेको नेपाली काङ्ग्रेसले हो त्यसैले यो पालि नेपाली काङ्ग्रेस तथा गठबन्धनलाई विजयी गराउन पर्नेमा जोड गरे । प्रजातान्त्र माथिको भय अझैसम्म अन्त्य नभएको बताउदै पाँच बर्षे सरकारले परिणाम मुखी काम गर्न नसकेको आरोप लगाए । उनले भने, “अहिले यो गठबन्धन प्रतिगमन विरुद्धको गठबन्धन हो, यो गठबन्धन प्रजातन्त्रको संरक्षणका लागि बनेको गठबन्धन हो” । शुसासन, विकास र समृद्धका लागि बनेको गठबन्धन भएका कारण यो गठबन्धनलाई जिताउन आवश्यक रहेको बताए ।