आमा, एउटा यस्तो शब्द जो उच्चारणमा उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभाष हुन्छ ।आमा शब्द दुई अक्षरबाट रचित शब्द छ । जुनको अर्थ आ.आदरणिय मा.माता / आमा शब्दले नै भन्छकि हामिले आमाको उच्च सम्मान गर्नुपर्छ भनेर तर हाम्रो समाजमा आमा शब्दको वास्तविक अर्थ , अर्थ हिन हुँदै गएको देखिन्छ। मातातिर्थ ओैँसीका दिन सामाजिक सन्जालमा फाटो राखेर नाटकिय माया र सम्मान देखाउने प्रचलन निकै बढेकाे पाईन्छ ।आमालाई सम्झन र सम्मान गर्न कुनै दिन वा दिवश कुर्नु पर्छ भन्ने हुदैन। तिन सय पैसठ्ठि दिनलाई नै हामीले मातातीर्थ औँसीको रूपमा लिनु सकिन्छ ।
” आमा तिमी साच्चिकै महान छाैँ
मलाई संघर्ष गर्दै बाच्न सिकायौँ
बेदनाको धुनमा नाच्न सिकायौँ
तिमी त साच्चै महान छौ मेरी आमा
आफु रुदै मलाई हास्न सिकायौँ।”
आमा सृष्टिकर्ता हुन जस्ले नाै महिना गर्वमा राखि दुख, कष्टक ,वेदना सहेर छोराछोरिलाई जन्मदिन्छिन हुर्काउँछिन , भाषा दिन्छिन, संस्कार सिकाउँछिन र एउटा अबोधलाई पुर्ण मानव बनाउँछिन् वास्तवमा ज्ञानकाे खानी आमा बिनाको संसार र जिवन सफल छैन । त्यसैले आमाको महिमा अपरमपार छ। आफूले पाएका हरेक प्रसव पीडालाई कठोरताका साथ सहन सक्ने भएकाले नै त्यो ईश्वरीय वरदान, त्यो स्वर्गीय आनन्द, सन्तान उत्पादन भगवानले आमालाई नै सुम्पिएका हो ।
मेरी आमालाई अशिक्षित छिन लेख्न पढ्न गर्न जान्दैनिन तर मेरा हरेक भावानाहरू मज्जाले पढ्न सक्छिन्। मेराे आवश्यकता आमालाई प्रष्ट थाहा हुन्छ। मेरा चाहनाहरूको लागि मात्र उनले राप र ताप सहेकी हुन्छिन । एक सन्तानको सासमा नै एक आमाको सास अड्केको हुन्छ। म हाँस्दा सबै सँगै हास्छन् तर म रुँदा सँगै रुने यो संसारमा मेरी आमा मात्र हुन्छिन्। रुदा रुने हास्दा हास्ने कति स्वच्छ र निस्वार्थ आमाकाे माया ।
आमा नाममा मात्रै सिमित हुँदिनन्, उनी एक सन्तानको लागि पहिलो पुस्तक पनि हुन् । आमा नै पहिलो गुरु हुन्, आमा नै पहिलो साथी हुन्, आमा नै पहिलो सल्लाहकार हुन्, आमा नै हरेक पीडाको सारथी हुन् । अँध्यारोको दीप हुन सन्तानलाई पुग नपुग खुवाइसकेपछि रित्तो भाडोमा पानी खन्याउँदै मलाई त भोक छैन आज भनेर भोकै सुत्ने त्यो अद्रुत प्राणीको नाम आमा हो।
आजभोली विभिन्न कारणले आमा बुवालाई वास्ता नगर्ने अनि वृद्धाश्रम लगायत आगन्तुक ठाँउमा लगेर राख्ने चलन वढ्दै गएको छ, जून मानवता प्रतिनै एउटा आक्षेप हो । जसले हामी लाई यो धर्तीमा ल्यायो आज हामी उनैलाई भुलिरहेका छाैँ । आफू भोकै बसेर भोक छैन भनेको सायद सन्तानले बिर्से होलान्। त्यो बेला आमाको काख जस्तो स्वर्गीय आनन्द कतै लाग्दैन थियाे । आज त्यो काख बिझाउने सिस्नोजस्तै बनेकाे छ । बाल्यकालमा त्यही आवाज मधुर लाग्थ्यो, आज बूढेसकालमा त्यहि आवाज दि्क्क लाग्न थालेछ।
आफ्नो सन्तानको हासो र खुसीमा मात्र सुख देख्न पाउने आमा आज त्यही खुसी देख्न पनि पाउँदिनन्। बाल्यकालमा सन्तानलाई काँडाले छुँदा आमाको दिलमा घाउ लाग्थ्याे तर आज सन्तानका वचनले आमाको दिलमा घाउ बनाएका छन्। हिजो सन्तानका लागि दुःखको पहाड बनाएकी आमा आज सन्तानका लागि बोझ बनिरहेकी छन् ।
बाल्यकालमा आमाले आफ्ना सन्तानलाई केही नहोस् भनेर रेखदेखमा २४ सै घण्टा स्याहार्थिन्। तर आज ती आमा वृद्धाआश्रममा छिन ।आमाका लागि बस्ने बासँ छैन खाने गाँस छैन लगाउने कपास छैन । सन्तानलाई नै आफ्नो सर्वस्व संसार ठानेर बसेकी आमाको सन्तानमा पखेटा पलाउने बित्तिकै संसार नै उजाड लाग्दछ। आखिर किन ?
हामीलाई जिन्दगी दिने संसार देखाउने आमालाई बूढेसकालमा माया दिन सकेनौँ भने, हामी बाच्नुको औचित्य पनि रहँदैन। आमालाई देखेपछि यस्तो लागोस् कि जसले हामीलाई हाम्रो जीवन दिइन्, एक दिन यो जीवन उनैको नाममा अर्पण गर्न पाइयोस् ।
आफ्ना सन्तानका निम्ती आफ्नै संसार भुलिदिने ती सम्पूर्ण आमाको सोच, साहस र ममतालाई उच्च सम्मान साथै हार्दिक नमन आमाको जीवनकाे रक्तश्रावबाट नै मेरो जीवनको ब्रम्हनाल बनेको हो। जसले आफूलाई टुक्राएर मलाई सिङ्गो जीवन दिइन्, सारा जीवन उनै आमाको नाममा अर्पित छ।