इटहरीमा गए राती विवाह मा जन्ती आएकाले कुटेर बेहुली पक्षका एक युवकको मृत्यु भएको छ ।इटहरी ६ स्वागत टोलमा भएको विवाहमा कुटपिट हुदा भारत बिहार शिवगढका १८ वर्षीय आसिक कुमार पटेलको मृत्यु भएको हो ।पटेल केटी पक्षका आफन्त हुन । जन्ती आएको समयमा स्थानीय युवाहरूसँग उनको विवाद भएको थियो ।विवादकै क्रममा पटेलमाथि तीन जनाको समूहले कुटपिट गरेका थिए । प्रहरीले कुटपिटमा संलग्न तीनैजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी ६ कै २२ वर्षीय विमोचन बिष्ट, २३ वर्षीय करन साह र २२ वर्षीय विष्णु साह रहेका छन् ।प्रहरीका अनुसार चोरीको विषयमा मृतक र तीनैजनाबीच विवाद भएको थियो । प्रहरीले कुटपिटमा संलग्न तीनैजनालाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हो ।‘विवाह उत्सवमा मृतकलाई चोरीको आरोप लागेपछि कुटपिट भएको थियो’ इटहरीका डीएसपी खगेन्द्र खड्काले भने गम्भीर अवस्थामा विराट नर्सिङमा उपचारको क्रममा म>त्यु भएकाे बताएका छन् ।
यो पनि पढ्नुहोस -मनोनयनको मिति नजिकि सक्दा पनि सत्ता गठबन्धन दल अझै कहाँ कसलाई भन्ने भागबण्डा मिलाउन सकिरहेका छैनन् ।नवलपुरको कावासोती लगायतका ८ वटै पालिकामा गठबन्धनले अझै सहमति जुटाउन सकेको छैन । कावासोतीमा पछिल्लो जानकारी अनुसार काँग्रेस गठबन्धन दलका सबैदलहरुसँग छुट्टाछ्ट्टै छलफलमा रहेका छन् ।काँग्रेस दिने र अन्य दल लिने गरी छलफलमा बसेका छन् । कावासोती नगरपालिकामा यस अघि नगरप्रमुख उपप्रमुख दुवैमा नेकपा एमालेले जित हात पारेको थियो ।पछिल्लो जानकारी अनुसार कावासोतीमा नगर प्रमुख काँग्रेस र उपप्रमुख माओवादी केन्द्रले लिने गरी टुंगिएको छ ।माओवादी केन्द्रका नेता डासीराम बस्याल माइकलका अनुसार काँग्रेससँग बसेको छलफलमा नगर प्रमुख काँग्रेसले लिने र उपप्रमुख माओवादी केन्द्रले लिने गरी सहमति भएको हो ।
त्यसैगरी कावासोती १६ मा वडाध्यक्ष माओवादी केन्द्रलाई दिने भएको छ भने अन्य वडाहरुमा माओवादी केन्द्रले वडा सदस्यहरु लिने भएका छन् । त्यसैगरी कावासोती १४ मा वडाध्यक्ष माओवादी केन्द्रलाई दिने सहमति नजिक पुगेको माइकलले बताए ।काँग्रेसले कावासोतीमा अन्य दलहरुसँग पनि सहमतिका लागि छलफल गरिरहेको छ । तथापि अन्य दलहरुसँग भने सहमति जुटिसकेको छैन । नवलपुरमा काँग्रेस गठबन्धनका अन्य दलहरुलाई केही पदहरु मात्र दिएर थमथमाउने पक्षमा देखिएको छ ।