स्थानीय तहको निर्वाचन आफैं मा यस्तो निर्वाचन हो जहाँ प्रतिनिधि हरुले आफ्नो ठाउँको प्रतिनिधित्व गरिरहदा कसरी गर्छ्न भन्ने कुरा महत्त्वपूर्ण मानिन्छ। अहिले प्राय व्यक्तिहरु युवा नेतृत्व को कुरा गरिरहदा कतिपय ठाउँहरुमा युवाहरु ले आकर्षक रुपमा आफ्नो उम्मेदवारी तय गरिसकेका छ्न। कतिपय ठाउँमा पार्टीगत त कतिपय ठाउँहरुमा स्वतन्त्र। वास्तबमा युवा र बुडाहरु मा फरक हुने भनेको उमेर नै हो। तर त्यो उमेर र जोश जागरले कति सम्म आफ्नो ठाउँ परिवर्तन गर्छ भन्ने कुरा नै सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। निस्वार्थ मन भावना बाट समाज परिवर्तन गर्ने सपना देखेका व्यक्तिहरुलाइ उमेरले भने फरक पार्दैन। हामिहरुले विश्व राजनिती को कुरा गर्नेहो भने ६० ७० बर्ष उमेर काटिसकेका व्यक्ति हरुले देशको नेतृत्व गरिरहदा उनिहरुको देश सोही देशका जनताहरुले सोचे अनुरुप परिवर्तन भएकै छ।
अहिले हाम्रो देशको कुना काप्चा भरी निर्वाचन व्यक्ति बिशेष भन्दा पनि पार्टी विशेष भैरहेको छ पैसा विशेष भैरहेको छ। र पार्टी विशेष नेतृत्व अर्थात पैसा विशेष हरुले नेतृत्व गरिरहदा नेतृत्व गरिरहेको ठाउँहरु खासै परिवर्तन भएको भने देखिदैन र नहुनु पनि स्वभाविक नै हो किनभने उनिहरु राजनीति मार्फत समाज अर्थात देश परिवर्तन हैन आफु, आफ्नो परिवार र आफ्ना आसेपासे हरुको जीवन स्थर परिवर्तन गर्न चाहान्छन। समाज परिवर्तन गर्छु भन्दै राजनिती गरिरहेका नेता अर्थात प्रतिनिधि हरुले पैसा खर्चिएर निर्वाचन जित्छन किनभन्दा उनिहरु अरु लगानी गर्ने कुनै पनि ठाउँ नपाएर अर्थात नभेटेपछि राजनिती मा आर्थिक लगानी गर्न चाहान्छन। राजनितिमा आर्थिक लगानी गरेर छोटो समयमै भस्ट्रचार गरि आफुहरुले सोचे भन्दा धेरै आर्थिक लाभ लिन चाहन्छन्। अरु ठाउँमा लगानी गर्यो भने मेहनत गर्नुपर्ने अनि बिना मेहनत लगानी डुब्ने डर पनि हुने तेसैले उनिहरुले राजनीति मा लगानी गरि पिर चिन्ता र मेहनत बिना आफुहरुले सोचेअनुरुप आर्थिक लाभ लिन चाहान्छन।
हाम्रो समाज पनि अनौठो छ एउटा समाजमा फरकफरक सोचविचार भएका व्यक्तिहरु बसोबास गर्दछ्न। कतिपय नकारात्मक सोच भएका त कतिपय सकारात्मक सोच। भोट हाल्ने व्यक्तिहरु ले पनि पैसा खर्चिने उम्मेदवार लाई नै मन पराउछन र पार्टीले पनि अलि आर्थिक रुपमा सम्पन्न व्यक्ति लाई उम्मेदवारी को रुपमा उठाउन चाहान्छ र हाम्रो समाज अर्थात हाम्रो देशमा यो परम्परा परापुर्वक कालदेखि नै चलन चल्तीको रुपमा चल्दै आइरहेको छ र हाम्रो देश हिजो जुन अवस्थामा थियो अहिले पनि सोही अबस्थामा रैरहेको मुख्य कारण पनि यहीँ नै हो। बिपक्षी पार्टी मा असल उम्मेदवार होस र आफुले चाहेको पार्टीमा खराब उम्मेदवार होस तर हामिहरु जहिले पनि आफ्नै जित चाहान्छौ। हामी हरुले को सोही को खराब व्यक्ति छुट्टाउन नै सक्दैनौं हामिहरु अरु हो हल्ला को भरमा हाम्रो अमुल्य मत खराब व्यक्ति लाई दिन्छौं र जिताएरै छाडछौ पनि।
हामीहरुले खराब व्यक्ति लाई जिताउन न जितायौ तर हामिहरुले जिताएको केही दिन पछि बाट हामी हरु तेहि प्रतिनिधि लाई सराप्नु सराप्छौ र ५ बर्ष को कार्यकाल प्रतिनिधि लाई सराप्दा सराप्दै सकिन्छ।हामिहरु सङ्ग भएको विकल्प पनि तेहि नै हो। जितिसके पछि उ सङ्ग पावर हुन्छ पैसा पनि हुन्छ र तेस्को नियत पनि खराब छ अनि कसरी सुनोस त हाम्रो कुरा। हाम्रो ठाउँले ५ बर्षमा बिकास र परिवर्तन को गतिमा धेरै परक फड्को मार्नुपर्ने तर तेस्तै खराव नेतृत्व भएका ब्यक्ति हरुको हातमा सत्ता अर्थात साचो चाबी भएको हुनाले हाम्रो हाम्रो ठाउँ बिकास र परिवर्तन को गतिमा फेरि ५ १० बर्ष पछि धकेलिन पुग्दछ।
स्थानिय तहको निर्वाचन भनेको हाम्रो आफ्नै स्थानिय तह अर्थात हाम्रो गाउँ हाम्रो ठाउँ र हाम्रो समाज परिवर्तन गर्ने निर्वाचन हो। जसरी हामिहरुलाइ हाम्रो आफ्नो १ मत दिने अधिकार छ तेसरी नै स्वविवेक प्रयोग मार्फत आफुले चाहेको उम्मेदवार लाई मत दिने अधिकार पनि छ। हामिहरुको १ मतले नै हाम्रो गाउँ ठाउँ र समाज परिवर्तन हुने हो। मत दिएको अर्को दिन देखि हामिहरुले हाम्रो ठाउँबाट नेतृत्व गर्ने नेतृत्वकर्ता लाई सरापेर नबसी उस्को तारिप गरेर बस्ने वातावरण को सिर्जना हुने हो। हामिहरुले उम्मेदवार छनोट गर्दा निस्वार्थ मन भावना, स्पष्ट भिजन प्लान भएको उम्मेदवार छनोट गर्नु पर्दछ। जुन प्रतिनिधि ले सम्पुर्ण जनताहरुको प्रतिनिधित्व गर्न सकोस, सम्पुर्ण जनताहरुको इच्छा अनुसार दायाँ बायाँ नगरिकन काम गरोस्। सबैको आवाज सुनेर सबैजना को सल्लाह सुझाव लिएर काम गरोस। आफ्ना ठाउँ हरुमा भएका आवस्यकता हरुको परिचान गरि योजना बनाइ संबंधित ठाउँहरुमा योजना पेश गरि आवस्यक अनुरुप बजेट को निकास गर्न सकोस। बजेट निकास मात्र हैन उक्त बजेट मार्फत समाजमा सकारात्मक काम र दिगो बिकास गर्न सकोस। स्थानिय तहलाई साच्चिकै स्थानीय तह जस्तो बनाउन सकोस। तेसैले हामी हरुले हाम्रो ठाउँ परिवर्तन को लागि हाम्रो लाई हैन राम्रो लाई चुनौ।
राजन जङ्ग कुँवर मदाने गाउँपालिका, गुल्मी