गुल्मी ।
गुल्मीको मदाने गाउँपालिका १ स्थित अग्लुङ्ग माध्यमिक विद्यालयमा माइक प्रिशस उत्कृष्टता छात्रवृत्ति समारोह सम्पन्न भएको छ । द सनराईज युवा क्लबको आयोजनामम भएको समारोहमा सो छात्रवृत्ति अग्लुङ्ग माविका कक्षा ७ मा अध्ययनरत विद्यार्थी राजकुमार चन्द बोहोराले पाएका छन ।
शुक्रबार भएको समारोह को अध्यक्षता सनराईज युवा क्लबका अध्यक्ष महेन्द्र जिसी तथा मदाने गाउँपालिका १ का अध्यक्ष प्रेम चन्द बोहोराको प्रमुख आतिथ्यमा रहेको थियो । कार्यक्रममा मदाने गाउँपालिका १ का जनप्रतिनिधि तथा अग्लुङ्ग मावि का प्रधानाध्यापक भविलाल खत्री, वडा सचिव पशुपति चन्द, रघुफेदी निमा प्रतिमान माविका प्रधानाध्यापक राजु बोहोरा, ओख्लेदह प्राविका वि व्य स अध्यक्ष राजेन्द्र बिष्ट लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो ।
डा. गौतम न्यौपाने गौमुखी विकास क्षेत्र फाउन्डेसनद्वारा स्थापित माइक प्रिशस उत्कृष्टता छात्रवृत्ति अग्लुङ्ग माविका विद्यार्थी राजकुमार बोहोराले नगद रु १३,५००/- सहित सम्मान पत्र ग्रहण गरेका छन । पुरस्कारको लागि पुस १ देखि माघ २९ सम्म आवेदन खुलाइएको थियो। कोभिडको कारण केही समय विद्यालय बन्द भएपश्चात आवेदन मिति बढाई फागुन १५ सम्म राखिएको छ । फागुन १५ सम्म आवेदन दिएका विद्यार्थीहरुलाई छात्रवृत्ति छनोट समितिद्वारा छानिएका बोहोराले सो पुरस्कार पाएका हुन ।
समारोहमा विद्यालयबाट शैक्षिक सत्र २०७७ सालको परिक्षाफलको पुरस्कार वितरण गरिएको थियो । साथमा विभिन्न अक्षयकोष स्थापना गरिएका छात्रवृत्ति वितरण गरिएको छ ।शुक्रबार अग्लुङ्ग माध्यमिक विद्यालयको प्राङ्गणमा भएको समारोहमा क्लबका कोषाध्यक्ष प्रमिला कुवरको स्वागत मन्तव्य तथा सचिव विवश विष्टको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।