गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन्। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ।यतिबेला गणेश अधिकारी र निर्मला थापा मगरको आवाजमा नयाँ गीत “रिसको भोरी” स बजारमा आएको छ।गितमा गणेश अधिकारीले शब्द तथा लय गरेका हुन्। महेन्द्र भण्डारीकोले संगीत संयोजन गरेको छन ।
रिसको भोरी बोलको सो गीतको भाव गीतको शब्द चयनमा निकै रस रंग संगै अति मनोरन्जनात्मक रहेको दर्शक श्रोताले आकलन गरिरहेका छन्।
गीतमा बविन सिँह ठकुरी, सम्प्रिया खड्का वर्षा लम्साल र प्रकाश दुराको अभिनय देख्न सकिन्छ। गितको भिडियोलाई सुरेश श्रेष्ठ फे भिडियो खिचका छन भने शिव पौडेलले सम्पादन गरेका हुन । गीतको भिडियोलाइ स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन् ।