सल्यान :- सल्यानमा श्रीमतीसँग झ’गडा हुँदा श्रीमानले रिसको झोकमा गाई र गोरुलाई मा’रेका छन् ।जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ५ सिस्नेरी स्थित ३६ वर्षीय शेर बहादुर महतराले श्रीमती सँग झगडा हुँदा गाई र गोरुको कोदालोले हानेर हत्या गरेकोे इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ ।“ साँझ श्रीमती सँग झगडा परेछ”, इलाका प्रहरी कार्यालय लुहामका प्रमुख इनिस्पेक्टर श्याम प्रकाश यादवले भने, “त्यसपछि रिसको झोकमा गएर गोठमा बाँधेका एउटा गाई र एउटा गोरुको कोदालोले टाउकोमा हानेर मा•रेछ ।”गाई र गोरुको हत्या गरेर अर्को दिन बिहान भीर बाट खसाएर फाल्न लागेको भन्ने गोप्य सुचना आएपछि महतरालाई पक्राउ गरेर ल्याइएको उनले बताए ।
श्रीमान श्रीमती बीच के विषयमा झगडा भएको हो भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ । तर उनिहरुबीच पहिले देखि नै झगडा पर्ने गरेको स्थानीयहरु बताउँछन् ।अभियुक्त महरालाई जिल्ला अदालत सल्यानबाट म्याद थप गरेर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लुहाममा राखिएको छ । उनलाई प्रहरीले पशु चौपाया हत्या गरेको कसुरमा मुद्दा चलाउने जनाएको छ ।