काठमाडौं ;- गायिका समीक्षा अधिकारी केहीदिन यता आफ्नो फेसकबु स्टेटसका कारण चर्चामा छिन्। सोमबार लगातार दुईवटा स्टेटस लेख्दै उनले नारीलाई कमजोर नठान्न चेतावनी दिइरहेकी थिइन् । पहिलो स्टेटसमा नारी शक्तिबारे लेखेकी उनले त्यसको केही मिनेटमा नै अर्को स्टेटस लेख्दै नारीको विश्वास र भावनामा नखेल्न आग्रह गरिरहेकी थिइन ।
उनको यो स्टेटस आउने वित्तिकै कतै अभिनेता पल शाहलाई लक्षित त होइन भन्दै आशंका गरिएको थियो । यद्यपि जिज्ञासामा उनले कसैप्रति लक्षित नभएको बताइन् । तर, बिहीबारको उनको स्टेटसले भने पल शाह प्रति नै लक्षित हो कि भन्ने आशंकालाई बलियो बनाएको छ । बिहीबार अधिकारीले २०२१ अक्टोबर २४ मा पोस्ट गरेको आफ्नो लामो स्टेटसको स्क्रिासट पुनः पोस्ट गर्दै अब यथार्थ खुलाउने समय भएको लेखेकी छिन् ।
उनले अब यथार्थ खुलाउनेछु भन्दै कसैलाई धम्की वा तर्साउन खोजेको प्रस्ट हुन्छ। “म लामो केही भन्दिन्, २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टेटस वास्तविकताभन्दा धेरै टाढा छ । जुन कसैको अनुरोधमा लेखेको थिएँ । अब समय आउँदै छ, यथार्थ खुलाउनेछु,” उनले लेखेकी छिन् ।
उनले यसअघि कसैको अनुरोधमा लेखेको भनिएको स्टेटसमा उनले पल शाहले आफूलाई अभिभावकले जस्तै माया गर्ने भन्दै उल्टै मिडिया माथि प्रश्न चिह्न उठाएकी थिइन् । यतिमात्रै होइन उनले मिडियाले कपोकल्पित समाचार लेखेर उनीहरुको चरित्र ह-त्या गरेको समेत आरोप लगाएकी थिइन् । तर, समीक्षाको पछिल्लो स्टेटसले भने मिडियामा आएका हल्लामा यथार्थ भएको संकेत गरेको छ ।