माघ ७-झापाको बिर्तामोड नगरपालिका–४ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । अर्जुन्धारा नगरपालिका–१० का २३ वर्षीय सुदिप ठकुरी, २३ वर्षीया उषा राई, बुद्धशान्ति गाउँपालिका–४ का २७ वर्षीय पुर्णलाल लिम्बु पक्राउ परेका हुन् । हिजो राती ८ बजे विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले संकालागि चेक जाँच गर्ने क्रममा निजहरुको साथबाट ५ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बरामद गरेको हो । लागुऔधसहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।
यो पनि पढ्नुहोस – मानसिक सन्तुलन गुमाएकी एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । रोल्पाको सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेकी हुन् ।मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ ।
पत्नी मीनाले पति कालेको हत्या गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जेल्वाङको प्रहरी टोली घटनास्थल पुगी अभियुक्त मीनालाई नियन्त्रणमा लिएको हो ।घटनामा संलग्न मीनालाई जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका रोल्पाले जनाएको छ । अभियुक्त मिनालाई इलाका प्रहरी कार्यालय सुलिचौरको हिरासतमा राखिएको छ ।