माघ ७- कोरोना माहामारी सिजन ३ को नियन्त्रण गर्न काठमाण्डौँमा (उपत्यकामा) सवारी साधनहरुलाई जोरविजोर प्रणाली लागु गरिने भएको छ । आज शुक्रबार राति १२ बजे देखी लागु हुने गरी जोर विजोर प्रणाली सुरु गरिने उपत्यकाका तिनै ओटा जिल्ला प्रशासन कार्यालयको आधेशमा उल्लेख छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले भोलि ९शुक्रबार० राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
बैठकपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले स्मार्ट लकडाउनको कार्यविधिअनुसार सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर लागू गरिएको जानकारी दिए ।उनका अनुसार अब शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन गर्नुपर्ने छ । जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ । सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिर्वाय लगायतका यसअघिका निमय कायमै छन् ।