माघ ७- मोरङको रतुवामाई नगरपालिका–९ स्थितमा पानी तान्ने ट्युवेलमा करेन्ट लागि १ जनाको ज्यान गएको छ । पुर्व रुकुम घुमे गाउँपालिका–७ का २५ वर्षीय मदन श्रेष्ठको करेन्टलागेर ज्यान गएको हो । हिजो बेलुका ६ बजे रतुवामाई–९ स्थित बक्राहा खोलाको निर्माणाधिन झोलुङ्गे पुलमा काम गर्दै आएका कामदार मदन श्रेष्ठ खोलाको डिलमा गाडेको मोटर जडान भएको पानी तान्ने ट्युवेल चलाउदा करेन्ट लागि घाईते भएका थिए ।
श्रेष्ठलाई तत्काल उपचारको लागि अरनिको अस्पताल उर्लाबारी लगिएकोमा उपचारको क्रममा ज्यान गएको अस्पतालले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।
यो पनि पढ्नुहोस – अभिनेत्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ रेखा थापाले दोस्रो विवाह गर्ने भएकी छिन् ।रेखाले आगामी वैशाख महिनाभित्र विवाह गर्ने तयारी गरेको उनी निकटका आफन्तले जनाएका छन् । रेखाले अमेरिकामा बस्ने ठकुरी थरका व्यक्तिसँग विवाह गर्न लागेकी हुन् । उनीहरूले अदालतमा विवाह गर्ने तयारी गरेका छन् ।रेखासँगको विवाहका लागि अमेरिकामा रहेका ठकुरी थरका व्यक्तिलाई रेखाकी दिदी तारा राणाले खोजी दिएकी हुन् ।
छविराज ओझासँग पहिलो विवाह गरेकी रेखाले केही वर्षको वैवाहिक जीवनपछि सम्बन्ध विच्छेद गरेकी थिइन् । छवि र रेखाले काठमाडौं जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरेका थिए ।सम्बन्ध विच्छेदपछि अभिनेत्री रेखा एक्लै बस्दै आएकी थिइन् । वैशाखपछि रेखा र ठकुरी थरका ती व्यक्तिसँगै बस्नेछन् ।केही हप्ता अगाडि मात्रै गायक यम बरालले पनि विवाह गरेका थिए । यमले नेपाली कांग्रेसकी नेतृसँग विवाह गरेका थिए । – रिपब्लिका दैनिक