माघ ५, काठमाडौं :-को चौथो कारोबार दिन बुधवार प्रि-ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ९६ अंक बढेको छ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक २ हजार ९४५ दशमलव ६२ विन्दुमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका ३९ कम्पनीको ३ हजार ८०२ कित्ता शेयरको रू.२३ लाख ५४ हजार ४८५ बराबरको शेयर खरीदविक्री भएको छ । प्रि-ओपन सेसनमा सिईडिबि हाइड्रोपावर कम्पनीको सर्वाधिक रू.४ लाख ८५ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।
यस्तै -कको स्वामित्वमा रहेको स्वाबलम्बन लघुवित्त वित्तीय सस्थाको संस्थापक शेयर आज (बुधवार) देखि लिलामीमा विक्री खुला भएको छ । कम्पनीले कम्पनीको १ लाख ६२ हजार४९८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । यस लिलामीमा शेयरमा आवेदकले माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
शेयर न्यूनतम मूल्य रू.६५० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याको लागि कुनै पनि हद नलाग्ने जानकारी गराएको छ ।
विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । माघ १८ गते बैंकिङ समय सम्म प्राप्त भएका बोलपत्रहरु माघ १९ गते बिहान १० बजे नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नारायणचौर नक्सालमा खोल्ने पनि जानकारी गराएको हो ।