• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १०, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      ४ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ४ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ५ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ६ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ६ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      २ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १०, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / आर्थिक

    घरजग्गा कारोबारमा मन्दी : ब्याज तिर्न सस्तोमा जग्गा बेच्दै व्यवसायी

  • बुटवल दैनिक
  • २०७८ माघ ५, बुधबार (१ साल अघि)
  • १८२१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं :- अन्तरराष्ट्रिय बजारमै घरजग्गा कारोबारमा मन्दी आइरहेको बेला नेपालमा पनि घरजग्गा बजार ओरालो लागेको छ ।घरजग्गाको सर्वाधिक कारोबार हुने महीनामै कारोबार घटेपछि नेपाली बजारमा पनि मन्दी लागेको हो की भन्ने आशंका उब्जाएको घरजग्गा व्यवसायीहरुले बताएका छन् । मंसिरको तुलनामा पुसमा घरजग्गा कारोबारबाट आउने राजस्व ४० करोड रुपैयाँले घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । मंसिरमा ७ अर्ब रुपैयाँ राजस्व उठेकोमा पुसमा ६ अर्ब ६० करोड रुपैयाँ मात्रै संकलन भएको हो । कारोबार संख्या भने मंसिर र पुसमा समान ७० हजार हाराहारी रहेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    गत वर्षको मंसिर/पुसमा भने मासिक ७५ देखि ८० हजार हाराहारी घरजग्गा किनबेच र करीब १० अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।सर्वाधिक घरजग्गा कारोबार हुने पूर्वी सहर इनरुवामा पुसमा जम्मा २ हजार मात्रै घरजग्गा किनबेच भएका छन् । जवकी विगतमा यहाँ मासिक ४/५ हजारसम्म घरजग्गा किनबेच हुने गरेका थिए ।मासिक २ हजारदेखि २ हजार ५०० सम्म घरजग्गा किनबेच हुने उपत्यकाका लगनखेल, भक्तपुरलगायतका ठाउँमा पनि पुसमा १५/१६ सयभन्दा धेरै घरजग्गा किनबेच हुन सकेनन् ।

    एक हजार भन्दा बढी घरजग्गा किनबेच गर्ने कार्यालयको संख्या एक दर्जन भन्दा कम रहेको छ । झापा, विराटनगर, बेलबारी, जनकपुर, लगनखेल, भक्तपुर, चितवन, नेपालगञ्ज लगायतका कार्यालयले मात्रै एक हजार भन्दा धेरै घरजग्गा किनबेच गराएका छन् । विगतमा यी कार्यालयको कारोबार संख्या २/३ हजारभन्दा धेरै हुने गरेको थियो ।बैंकिङ क्षेत्रमा तरलता अभाव कायमै रहेकाले घरजग्गाको कारोबार बढ्न नसकेको व्यवसायीहरुले बताएका छन् ।

    ‘विगत ३/४ महीनादेखिनै घरजग्गा कारोबार सुस्ताएको छ । व्यवसायीले ५ प्रतिशत ब्याजदरमा लिएको ऋणको ब्याजदर बढेर १२/१३ प्रतिशत पुगिसकेको छ ।’ घरजग्गा व्यवसायी दिनेशलाल चुकेले भने, ‘यति लामो समय सम्म कारोबारमा मन्दी आयपछि नेपालमा पनि घरजग्गा क्षेत्रमा अन्तर्राष्ट्रिय बजारको जस्तै मन्दी आएको हो की भन्ने आशंका छ ।’

    विगतमा उपत्यका बाहिर इनरुवा, विराटनगर, चितवन, पोखरालगायतका सहरमा कम्तिमा १० करोड रुपैयाँ बढी राजस्व आउने गरेकोमा पुसमा भने चितवन र पोखरामा मात्रै १० करोड रुपैयाँभन्दा बढी राजस्व आएको छ । यी बाहेक उपत्यका बाहिरका कुनैपनि कार्यालयले पुस महीनामा ८ करोड रुपैयाँ भन्दा धेरै राजस्व संकलन गर्न सकेनन् ।उपत्यमा पनि ५० करोड बढी राजस्व संकलन गर्ने लगनखेलको राजस्व ३७ करोडमा झरेको छ । लगनखेलकै हाराहारी राजस्व संकलन गर्ने डिल्लीबजार मालपोत कार्यालयले पनि ३२ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको विभागको तथ्याङ्क छ ।

    सस्तोमा जग्गा बेच्दै व्यवसायी
    बैंकबाट लिएको ऋणको ब्याज खप्टिदै गएपछि दवावमा परेका व्यवसायीले मूल्य घटाएरै भएपनि जग्गा बेच्न शुरु गरेको चुकेले बताए । यो मन्दी अझै लम्बिदै गएमा दर्जनौ व्यवसायी नेपालमा पनि टाट पल्टिन सक्ने उनको विश्लेषण छ ।‘धेरै बैंक ऋण र थोरै आफ्नो पूँजी लगानी गरेका व्यवसायीहरु अफ्ठेरोमा परिसकेका छन्’, चुकेले भने, ‘बैंकले ऋण दिन सक्दैनन्, हामि नै ऋण मिलाइ दिन्छौ भन्दा पनि किन्ने मान्छे छैनन् । अनि अफ्ठेरै परेका व्यवसायीले मूल्य घटाएर जग्गा बेच्न शुरु गरिसकेका छन् ।’

    यो अवस्था लम्बिदै गएमा अरु व्यवसायीले पनि घरजग्गाको मूल्य घटाएर बेच्नु पर्ने अवस्था आउने उनको भनाइ छ ।‘कारोबार घटेपछि अहिलेपनि जग्गाको मूल्य बढेको छैन’, उनले भने, ‘पोहोर किनेको मूल्यमै जग्गा विक्री गरिरहेका छौ। तर पनि कारोबार सुध्रिने लक्ष्यण छैन ।’आगामी फागुन चैत्र सम्म रेमिट्यान्स बढ्ने र घरजग्गा कारोबार पनि बढ्ने अपेक्षा गरेको चुकेले बताए । यो मन्दी २/३ महिना अरु लम्बिएमा भने धेरै व्यवसायीहरु टाट पल्टिने उनको चिन्ता छ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑